
खबरमुकाम । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले विश्व बातावरण दिवसको अवसर पारेर शनिवार डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालसँगको सहकार्यमा साइकल र्यालीको आयोजना गर्ने भएको छ ।
बैंकले गत वर्ष समेत वातावरण दिवसका दिन पहिलो बृहत साइकल ¥याली सफलतापूर्वक सम्पन्न गरेको जनाउँदै यस वर्षसमेत अझ सशक्तपूर्वक धेरै भन्दा धेरै सहभागिता जुटाई बृहत रुपमा सम्पन्न गर्ने लक्ष्यका साथ दोस्रोे “साइकल र्याली, २०८०” को आयोजना गर्न लागेको जनाएको हो ।
“इन्धन जोगाऔं, पृथ्वी बचाऔं” भन्ने मूल नाराका साथ आह्वान गरिएको यस र्यालीमा बैंकका कर्मचारी, गाहकवर्ग, शेयरधनी एवं यस बैंक प्रति सद्भाव राख्ने सम्पूर्ण शुभेच्छुकहरुको उत्साहजनक सहभागिता भई सम्पन्न हुनेमा विश्वस्त रहेको बैंकले जनाएको छ ।
बैंकका अनुसार र्याली जेष्ठ २० गते शनिवार बिहान ७ः०० बजे बैंककै वालुवाटार स्थित केन्दि«य कार्यालयको प्राङ्गणबाट शुरु भई लगभग १० कि.मी.को यात्रा पश्चात सानो गौचरणमा सम्पन्न गरिनेछ । साइकल र्यालीबाट वातावरण प्रवद्र्धन प्रतिको आफ्नो उत्तरदायित्वलाई आत्मसात गर्दै इन्धनको मितव्ययिता एवं साइकल जस्तो बैकल्पिक यातायातको साधनको प्रयोग गरि प्रदुषण नियन्त्रणमा टेवा पुर्याउनको निम्ति समाजमा चेतना फैलाउन योगदान पुग्ने विश्वास बैंकले राखेको छ ।
यस्तै, र्यालीमा सहभागी स्वयंले साइकल एवं अन्य आवश्यक उपकरणको व्यवस्था गर्नुपर्ने बैंकले जनाएको छ । ¥यालीमा सम्पूर्ण सहभागीलाई वातावरण दिवसको चिनो स्वरुप विरुवा प्रदान गरिने पनि बैंकले जनाएको छ । साथै, र्यालीमा नाम दर्ता गर्ने पहिलो ३०० जनालाई टिसर्टको व्यवस्था गरिएको छ भने “लक्की ड्र” बाट एकजना भाग्यमानी सहभागीलाई साइकल समेत वितरण गरिनेछ ।
र्यालीलाई विभिन्न क्षेत्रका संघसंस्थाहरुको समेत आ–आफ्नो तवरबाट सहयोग तथा साथ लिएर आयोजना गर्न लागिएको बैंकको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- एक घण्टाका लागि स्थगित प्रतिनिधि सभा बैठक भोलि बस्ने
- नेप्से परिसूचकमा उच्च अंकको वृद्धि, एक अर्ब ६५ करोडको कारोबार
- संसद् बैठक १ घण्टाका लागि स्थगित
- सरकारले नै संविधान मिच्यो : एमाले सचेतक गिरी
- शान्तिराम भट्टराईद्वारा रचित ‘चन्द्र सूर्य राष्ट्रिय गीत’ सार्वजनिक
- पार्टीको नेतृत्व गर्ने अवसर युवा पुस्तालाई दिने देउवाको उद्घोष [भिडियो]
- सेयर लगानीकर्ताहरूले लगाए ब्रोकर अफिसमा ताला
- एक हजार सात सय रुपैयाँले घट्यो सुनको मूल्य