Dark

भोलि उपत्यकामा सार्वजनिक बिदा

खबरमुकाम । गृह मन्त्रालयले भोलि बिहीबार भोटो देखाउने जात्राको अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको जनाएको छ।

बुधबार एक सूचना जारी गरी मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले भोटो देखाउने जात्राको अवसरमा बिहीबार काठमाडौं, ललितपुर र भक्तपुर गरी तीन जिल्लामा सार्वजनिक बिदा दिइएको जनाएका हुन्।

 

हरेक वर्ष ललितपुरमा रातो मच्छिन्द्रनाथको जात्रामा भोटो देखाउने चलन छ। राष्ट्रपतिले प्रचलन अनुसार भोलि जाउलाखेलमा उपस्थित भएर भोटो देखाउने जात्रा रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै