.jpg)
खबरमुकाम । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार र कमिसनले देशलाई जर्जर बनाएकाले यसलाई नफ्याल्दासम्म समृद्धिको लक्ष्य हासिल नहुने बताएका छन् ।
बिहीबार मन्त्रालयमा नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघको ज्ञापनपत्र बुझ्दै गृहमन्त्री श्रेष्ठले गरिकलाई अनागरिक र अर्को देशको शरणार्थी बनाउने धन्दा गर्नेहरुको तथ्य र प्रमाणको आधारमा अनुसन्धान भइरहेको बताए ।
उनले अनुसन्धानमा कुनै प्रकारको दबाब, प्रभाव नहोस् तथा अवाञ्छित प्रभावबाट मुक्त होस् भने प्रहरीलाई निर्देशन दिएको बताए। श्रेष्ठले आफ्नै नागरिकलाई अनागरिक बनाउने धन्दामा राज्यकै निकायमा रहेकाहरूको संलग्नता देखिनुले सबैको शिर निहुरिएको बताए।
‘आफ्नै देशको नागरिकलाई अनागरिक बनाएर, अर्काको देशको शरणार्थी बनाएर विदेश पठाउने योजना बनाएर, सम्पत्ति आर्जन गर्ने धन्दा भयो, यसमा हामी लज्जित छौं। राज्यकै निकायमा भएको मानिसहरूबाट नै यो प्रकारको काम भयो भनेर अनुसन्धानको प्रक्रियालाई अगाडि बढाएर अहिले मुद्दा अदालतमा पेश गरेका छौं,’ उनले भने।
उनले ३० जनामागि मुद्दा चलाउँदैमा अनुसन्धान नसिकने बताए। उनले थप अनुसन्धान पनि भइरहेकाले कोही निर्दोष फस्ने र दोषी उम्कने आशंका व्यक्त नगर्न आग्रह गरे।
‘अहिलेको प्रहरीको अनुसन्धानको ढोका खुला छ। प्रहरीले अरू प्रक्रियामा जस्तै बयानहरूलाई पनि आधार बनाएको छ। बयानसँग मेल खानेगरी अरू तथ्य प्रमाण पनि खोजी गरिएको छ। जोडेर अगाडि बढाइएको छ,’ उनले भने।
सरकार नक्कली शरणार्थी प्रकरणलाई निष्कर्षमा पुर्याएर बाँकी भ्रष्टाचारका विषयमा छानबिनको प्रक्रियामा अघि बढ्ने बताए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- नेपालको समग्र हीतको रक्षापछि मात्रै संसदको अवरोध हट्छ : ओली
- एक घण्टाका लागि स्थगित प्रतिनिधि सभा बैठक भोलि बस्ने
- नेप्से परिसूचकमा उच्च अंकको वृद्धि, एक अर्ब ६५ करोडको कारोबार
- संसद् बैठक १ घण्टाका लागि स्थगित
- सरकारले नै संविधान मिच्यो : एमाले सचेतक गिरी
- शान्तिराम भट्टराईद्वारा रचित ‘चन्द्र सूर्य राष्ट्रिय गीत’ सार्वजनिक
- पार्टीको नेतृत्व गर्ने अवसर युवा पुस्तालाई दिने देउवाको उद्घोष [भिडियो]
- सेयर लगानीकर्ताहरूले लगाए ब्रोकर अफिसमा ताला