Dark

विभिन्न ठाउँहरुमा आगलागीबाट धनमाल जलेर नष्ट

खबरमुकाम । बुधबार दिउँसो कैलाली, धनगढी उपमहानगरपालिका-१३ राजपुरस्थित हाइवे कटेजमा करेन्ट सर्ट भई आगलागी भएको हो। सोही उपमहानगरपालिका-२ बस्ने ३३ वर्षीय शुशिल कुँवरको उक्त कटेज पूर्णरूपमा जलेर करिब २० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ। 

त्यस्तै, बाँके, राप्तीसोनारी गाउँपालिका-२ शम्सेरगंज बस्ने ४९ वर्षीय हर्क बहादुर बिकले मादक पदार्थ सेवन गरी आफ्नै घरमा बुधबार राति आगजनी गर्दा घर पूर्ण रूपमा जलेर करिब ४ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ। आगजनी गर्ने बिकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ।

 

प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रण लिई आवश्यक अनुसन्धान गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै