
खबरमुकाम । बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयले उपत्यकामा चल्ने सवारी साधनको भाडा दर घटाएको जनाएको छ।
सङ्घीय सरकारले पेट्रोलियम पदार्थको मूल्य घटेपछि अन्तर प्रदेश चल्ने सार्वजनिक सवारीको भाडा दर घटाएको एक सातापछि प्रदेश सरकारले उपत्यकाको भाडा समयोजन गरेको छ। हिजो बुधबार बसेको भाडा निर्धारणरसमायोजन सिफारिस समितिको बैठकले नयाँ भाडादर समायोजन गर्ने निर्णय गरेको हो।
काठमाडौं उपत्यकाभित्र सञ्चालन हुने सिटी बसमा ५.९ प्रतिशतले, बागमती प्रदेशभित्र अन्तर पालिका चल्ने मालवाहक सवारी साधनमा ५.६९ प्रतिशतले र यात्रुवाहक बसमा ४.१८ प्रतिशतले भाडा कायम हुनेजनाइएको छ । नयाँ भाडादर राजपत्रमा प्रकाशित भएपछि मात्रै लागू हुने जनाइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- नेपालको समग्र हीतको रक्षापछि मात्रै संसदको अवरोध हट्छ : ओली
- एक घण्टाका लागि स्थगित प्रतिनिधि सभा बैठक भोलि बस्ने
- नेप्से परिसूचकमा उच्च अंकको वृद्धि, एक अर्ब ६५ करोडको कारोबार
- संसद् बैठक १ घण्टाका लागि स्थगित
- सरकारले नै संविधान मिच्यो : एमाले सचेतक गिरी
- शान्तिराम भट्टराईद्वारा रचित ‘चन्द्र सूर्य राष्ट्रिय गीत’ सार्वजनिक
- पार्टीको नेतृत्व गर्ने अवसर युवा पुस्तालाई दिने देउवाको उद्घोष [भिडियो]
- सेयर लगानीकर्ताहरूले लगाए ब्रोकर अफिसमा ताला