Dark

लगातार घट्दै सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

खबरमुकाम । नेपाली बजारमा शुक्रबार पनि सुनको भाउ घटेको छ । बुधबार र बिहिबार लगातार घटेको सुनको भाउ आज पनि घटेको हो । 

साताको अन्तिम कारोबार दिन नेपाली बजारमा छापवाला सुनको भाउ १ लाख ८ हजार ३ सय रुपैयाँ कायम भएको छ । तर, बिहीवार भने १ लाख ८ हजार ८ सय रुपैयाँमा खरिदबिक्री भएको थियो । हिजो पनि छापवाला सुनको भाउ तोलामा १ हजार रुपैयाँले सस्तिएको थियो ।


 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुासर तेजावी सुनको भाउ पनि आज तोलामा ५ रुपैयाँले नै घटेर तोलाको १ लाख ८ हजार ७ सय रुपैयाँमा किनबेच भइरहेको छ । 

यता, चाँदीको भाउ भने आज पनि प्रतितोला १ हजार ३ सय ७० रुपैयाँमा स्थिर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै