Dark

बेइजिङमा माओवादी केन्द्र र चिनियाँ कम्युनिस्ट पार्टीका प्रतिनिधिबीच भेटवार्ता

खबरमुकाम । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष अग्नि सापकोटाले चिनियाँ कम्युनिस्ट पार्टी (सिपीसी) का विदेश विभाग प्रमुख लिउ च्यान छाओसँग भेटवार्ता गरेका छन् । 

निवर्तमान सभामुख सापकोटा नेतृत्वको माओवादी पार्टी प्रतिनिधिमण्डल र चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभाग प्रमुख लिउ नेतृत्वको टोलीबीच बिहीबार चीनको राजधानी बेइजिङमा भेटवार्ता भएको हो ।

उनीहरुबीच सुरुमा एक्लाएक्लै र त्यसपछि पदाधिकारीसहित भेटवार्ता भएको थियो । उनीहरुबीच दुई देश र दुई पार्टीको सम्बन्धका विषयमा छलफल भएको भेटमा सहभागी एक नेताले जनाए ।

भेटमा दुई देशको सम्बन्धलाई थप मजबुत बनाउने विषयमा छलफल भएको बताइएको छ। भेटमा लिउले प्रचण्ड नेतृत्वको सरकारको विकास र समृद्धिको लक्ष्यमा चीनले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। 

सापकोटाको नेतृत्वमा २० सदस्यीय माअ‍ोवादी केन्द्का प्रतिनिधिमण्डल जेठ ५ गते चीन प्रस्थान गरेका थिए। उनीहरू १८ जेठमा स्वदेश फर्कने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै