Dark

१४ अर्ब लगानीमा ६१ मेगावाटको हुम्ला कर्णाली आयोजना बन्ने

खबरमुकाम । ६१.२ मेगावाटको हुम्ला कर्णाली जलविद्युत आयोजना निर्माणका लागि १३ अर्ब ७६ करोड रुपैयाँ लागत लाग्ने देखिएको छ। प्रस्तावित आयोजना हुम्लाको नाम्खा गाउँपालिका निर्माण हुनेछ।

विद्युत विकास विभागले तयार पारेको वातावरणीय प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदनमा प्रस्तावित आयोजनाको प्रतिकिलोवाट लागत २ लाख ७५ हजार रुपैयाँ रहेको उल्लेख छ। उक्त प्रतिवेदनअनुसार स्वीकृति क्षेत्र निर्धारण तथा कार्यसूचीअनुसार आयोजनाको लागत १४ अर्ब ३ करोड रुपैयाँ खर्च हुने अनुमान गरेको छ ।


 

तर, सम्भाव्यता अध्ययनअनुसार भने आयोजनाको लागत १३ अर्ब ७५ करोड ५० लाख रुपैयाँ खर्च हुने अनुमान गरेको छ । जसमा प्रति किलोवाट उर्जा उत्पादन गर्न २ लाख २५ हजार ४ सय खर्च हुने उल्लेख गरेको छ ।

यो आयोजना बाह्रमासे हिम नदी हुम्ला कर्णालीमा निर्माण गर्न लागिएको हो। यो कर्णाली नदी बेसिनको एक प्रमुख नदी हो। प्रस्तावित आयोजना खोलाको बहावमा आधारित छ।

आयोजनाबाट स्वीकृत क्षेत्र निर्धारण तथा कार्यसूचीअनुसार सुख्खा याममा १५१.०६ गिगावाट, वर्षा याममा २९२.५५ गिगावाट र कुल वार्षिक ४४३.६१ गिगावाट उर्जा उत्पादन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै