काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत रहेको पर्यटन विभागले तारे होटलहरूमा प्लास्टिकजन्य बोटलसहितका पेय पदार्थम रोक लगाएको छ ।
पर्यटन विभागले प्रेस विज्ञप्ति जारी गर्दै तारे होटलहरु (चार तारे, पाँच तारे र पाँच तारे डिलक्स) सबै रिसोर्टहरु (डिलक्स र लक्जरी)हरूमा प्लास्टिकजन्य बोटलहरूमा रोक लगाएको हो ।
विभागबाट तारे स्तरमा स्तरवर्गीकरण भई इजाजत प्राप्त गरी सञ्चालनमा रहेका होटल तथा रिसोर्टहरुमा प्लास्टिकजन्य बोटलसहितका पेय पदार्थहरु प्रयोगमा आइरहेका भनी जानकारी प्राप्त हुन आएकाले तत्काललाई कम्तिमा चार तारे वा सोभन्दा माथिल्लो स्तरका होटल तथा रिसोर्टहरुमा खानेपानीको लागि प्रयोगमा आउने प्लास्टिकजन्य बोटलमा रोक लगाएको पर्यटन विभागका महानिर्देशक सहसचिव डा नारायण रेग्मीले जानकारी दिए ।
प्लास्टिकजन्य बोटलको प्रयोगबाट मानव स्वास्थ्य तथा वातावरणमा समेत नकारात्मक प्रभाव पर्ने हुदाँ प्लास्टिकजन्य बोटलको प्रयोगमा निषेध गरी काँचका बोटल तथा अन्य धातुको भाँडा प्रयोग गरी होटलका कोठा तथा रेष्टुरेन्टहरुमा पिउने पानीको व्यवस्था मिलाउन निर्देशन दिइएको महानिर्देशक डा.रेग्मीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- स्कोडाले नेपालमा नयाँ जेनेरेसन कोडियाक सार्वजनिक गर्यो
- ईद मिलादुन्नबीमा सार्वजनिक बिदा पुनः कायम गर्न समाजवादी पार्टीको माग
- नामी भिगो ई२को दुई लाख रुपैयाँ छुट सकियो, बुकिङ अब एमआरपीमै
- डिएलए महासचिवमा रविन्द्र प्रधानको उम्मेदवारी, देश दौडाहा तीव्र
- टप एन्ड टी–२० सिरिजमा आज नेपाल ‘ए’ र एसीटी भिड्दै
- कांग्रेस महाधिवेशनको प्रक्रिया नरोकिने शर्माको दाबी
- प्रतिनिधिसभामा आज प्रधानमन्त्री शाहले सांसदका प्रश्नको जवाफ दिने
- भोटेकोशीमा आकस्मिक बाढी, स्याफ्रुबेँसीसहितका क्षेत्रमा सतर्कता



ट्रेन्डिङ
खबरमुकाम







