काठमाडौं । १८औँ संस्करणको नाडा अटो शो २०२६ आजदेखि काठमाडौँको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा सुरु हुँदै छ । अटो शोमा पाँच दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय अटोमोबाइल ब्रान्डका विभिन्न मोडल प्रदर्शनीमा राखिँदै छन् । यात्रुवाहक सवारीसाधनसँगै कमर्सियल सेग्मेन्टअन्तर्गत ईभी माइक्रो, भ्यानदेखि ठूला व्यावसायिक सवारीसाधनसम्म प्रदर्शन गरिने आयोजकले जनाएको छ ।
हुन्डाई, टाटा, बीवाईडी, दिपल, लिपमोटर, बीएआईसी, होङ्छी, अवतार, एवान, चांगन, चेरी, जिली र स्काइवेललगायत ब्रान्डका उत्पादन अटो शोमा राखिनेछन् । त्यस्तै, रोयल इन्फिल्ड, यामाहा र होन्डालगायत दुईपांग्रे सवारीसाधनका ब्रान्डको समेत सहभागिता रहनेछ ।
यसपटकको अटो शोमा नेपालमै उत्पादन गरिएको सिप्रदी–यात्री नेपालको ‘यात्री पी–२’ पनि प्रदर्शनमा राखिँदै छ । अटोकम्पोनेन्ट, टायर, लुब्रिकेन्ट, स्पेयर पार्ट्स तथा एसेसरिजसँग सम्बन्धित कम्पनीहरूको समेत उल्लेख्य सहभागिता रहने आयोजकले जनाएको छ ।
प्रदर्शनीमा २०० भन्दा बढी स्टल रहनेछन् । नाडाका अनुसार १० भन्दा बढी बैंक तथा वित्तीय संस्थाले समेत अटो शोमा सहभागिता जनाउनेछन् ।
आजदेखि सुरु हुने अटो शो भदौ १४ गतेसम्म सञ्चालन हुनेछ । प्रदर्शनी अवधिमा अटोमोबाइल क्षेत्रसँग सम्बन्धित नीतिगत बहस, लगानी, अटो बीमा, सडक पूर्वाधार, सरकारी नीति, नयाँ सवारीसाधनको बढ्दो आगमन तथा रोजगारीलगायत विषयमा विशेष छलफल कार्यक्रमसमेत आयोजना गरिने आयोजकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- फोहोर व्यवस्थापनलगायतका विषयमा प्रधानमन्त्री शाहलाई भेट्ने मेयर्स फोरमको निर्णय
- ‘मेड इन नेपाल’को पहिचान जोगाउन बौद्धिक सम्पत्ति र भौगोलिक सङ्केत कानुन बलियो बनाउन जोड
- नाडा अटो शो लक्षित गर्दै मुक्तिनाथ विकास बैंकको ५.५४ प्रतिशत ब्याजदरमा अटो लोन
- एलआरआर मोटर्सले नेपाल भित्र्यायो स्काईवेलको बीई११, नाडा अटो शोमा सार्वजनिक
- बडिमालिकामा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन
- कामना सेवा विकास बैंकको २०औँ वार्षिक साधारणसभा भदौ ३१ गते
- नेपाल मेडिकल कलेजमा प्राध्यापक, लेक्चरर, नर्स सहित इन्जिनियरहरू माग
- ह्वाइट फेदर्सको विशेष अफर : डायमण्डमा ५५ प्रतिशत छुटदेखि १ किलो चाँदी जित्ने अवसर



ट्रेन्डिङ
खबरमुकाम





.jpeg)

