धनकुटा पाख्रीबास नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष देवेन्द्र गुरागाइँ सोमबार बिहान १२ः४८ बजेतिर ब्युझिँदा घरभित्र धुँवाको मुस्लो घुमिरहेको थियो ।
मस्त निन्द्राबाट ब्युँझने बित्तिकै घरमा आगो लागिरहेको थाहा पाएपछि उनी पत्नीसहित बाहिर निस्कन खोजे । तर, धुँवाका कारण सम्भव नभएपछि उनले छिमेकी गुहारे ।
एकैछिनमा भेला भएका छिमेकीहरूले भर्याङ दिएर झ्यालबाट देवेन्द्र र उनकी पत्नीलाई घरबाट निकाले। बाहिर निस्केपछि सबै मिलेर आगो निभाए ।
‘पहाडको ढुंगा र माटोको घर भएकाले आगो सल्किन र फैलिन समय लागेर मात्रै हो नत्र हामी बाँच्न पनि कठिन हुने रहेछ’, गुरागाइँले भने, ‘हामीलाई बाहिरबाट ढोकामा ताल्चा लगाएर थुनिएको रहेछ ।’
घरभित्रै थुनेर कसले आगो लगायो अहिलेसम्म केही खुलेको छैन ।
वडाध्यक्ष गुरागाइँलाई पनि यसबारे केही अनुमान र शंका छैन ।
‘यसरी ज्यानै लिने गरी कसले र किन लगायो केही अनुमान गर्न सकेको छैन,’ उनले भने, ‘प्रहरीले अनुसन्धान गरिरहेको छ ।’
पाख्रीबासको डाँडाखर्कस्थित घरमा गुरागाइँ दम्ती मात्रै बस्थे । उनीहरूका छोराबुहारी काठमाडौं बस्छन् । उनी नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन् । उनको घरमा आगजनी गरेको आशंकामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।
प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ । नियन्त्रणमा लिइएका व्यक्तिको परिचय खुलाएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशमा रहेका प्रतिनिधिले एपबाटै मत हाल्न पाउने
- इजरायल–हिजबुल्लाबीच पनि युद्धविराम, तनाव भने कायमै
- लगातार दोस्रो हारसँगै टर्की विश्वकपबाट बाहिरियो
- रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनः शीर्ष नेताहरु पुगे चितवन
- सहकारी ठगी बाहेकका रवि लामिछानेका मुद्धा सबै अदालतबाट फिर्ता
- रास्वपा महाधिवेशनको असर प्रतिनिधिसभामा, बैठक ११ गतेसम्म स्थगित
- चिडियाखाना अनिश्चितकालका लागि बन्द, यस्तो छ कारण
- राप्रपामा दुर्गा प्रसाईंको तरंग, काठमाडौं जिल्ला समितिमा पहिरो



ट्रेन्डिङ
खबरमुकाम







