काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध लगाइएको संगठित अपराधसम्बन्धी अभियोग सबै सम्बन्धित अदालतबाट फिर्ता भएको छ । शुक्रबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश आत्मदेव जोशीको इजलासले संगठित अपराधको मुद्दा फिर्ता लिन आदेश दिएको हो ।
यसअघि रुपन्देही, पर्सा र कास्की जिल्ला अदालतबाट पनि सोही प्रकृतिका अभियोग फिर्ता लिने आदेश जारी भइसकेका थिए ।
कास्की जिल्ला अदालतमा दायर सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दासमेत फिर्ता भइसकेको जनाइएको छ । यद्यपि, विभिन्न अदालतमा रहेका सहकारी ठगीसम्बन्धी मुद्दाहरू भने यथावत् रहनेछन् ।
अदालतका पछिल्ला आदेशसँगै रवि लामिछानेसहित जीबी राईलगायत अन्य प्रतिवादीमाथि सहकारी ठगीबाहेक लगाइएका संगठित अपराध तथा अन्य अभियोगहरू फिर्ता भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सहकारी ठगी बाहेकका रवि लामिछानेका मुद्धा सबै अदालतबाट फिर्ता
- रास्वपा महाधिवेशनको असर प्रतिनिधिसभामा, बैठक ११ गतेसम्म स्थगित
- चिडियाखाना अनिश्चितकालका लागि बन्द, यस्तो छ कारण
- राप्रपामा दुर्गा प्रसाईंको तरंग, काठमाडौं जिल्ला समितिमा पहिरो
- आज ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
- प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान
- फिफा विश्वकपः इरान र न्युजिल्यान्डबीच रोमाञ्चक बराबरी
- प्रतिनिधिसभाको बैठक आज पनि, मन्त्रालयगत बजेटको छलफललाई निरन्तरता दिइने



ट्रेन्डिङ
खबरमुकाम






