Dark

जिपको ठक्करबाट महिलाको मृत्यु

बझाङ । बझाङमा जिपको ठक्करबाट घाइते महिलाको मृत्यु भएको छ । केदारस्युँ गाउँपालिका –४ बागथलाकि ६४ बर्षिया महेश्वरी देवी मल्लको मृत्यु भएको प्रहरीले जनाएको हो ।

प्रहरीका अनुसार बुधवार बिहान बागथला तल्ला बजारमा घर अगाडिको धारामा पानी लिन जाने बेलामा बागथला बाट चैनपुर तर्फ गरिरहेको सुदुरपश्चिम प्रदेश ०१ ००१ ज १३१६ नम्बरको जिपले ठक्कर दिएको थियो ।

 

जिपले ठक्कर दिदा मल्लको टाउको र छातिमा चोट लागेको थियो । घाईते मल्लको रायल प्राथमिक स्वास्थ्य केन्द्र देउरामा सामान्य उपचार पश्चात थप उपचारको लागि धनगढी लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक भरत शाहले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै