काठमाडौं । नेपाल राष्ट्र बैंकले तीन वटा वाणिज्य बैंकलाई सम्मान गरेको छ ।
राष्ट्र बैंकको ६९ औं वार्षिकोत्सवको अवसरमा धेरै विप्रेषण भित्र्याउने तीन वटा बैंकलाई सम्मान गरेको हो । जसमा ग्लोबल आइएमई, हिमालयन र नेपाल एसबिआई बैंक रहेका छन् ।
नेपाल भित्रिएको रेमिट्यान्समा ग्लोबलले २१.१ प्रतिशत, हिमालयनले २०.६ प्रतिशत र नेपाल एसबिआईले १९.१ प्रतिशत विप्रेषण भित्र्याएका छन् ।
विद्युतीय भुक्तानी सेवा प्रदायकमध्ये प्रोत्साहतस्वरूप खल्ती र ईसेवा सम्मानित भएका छन् । यस्तै ६९ औं वार्षिकोत्सवको अवसरमा राष्ट्र बैंकले पूर्वगभर्नर दीपेन्द्र पुरूष ढकाललाई सम्मान गरेको छ । ढकाल २०५७ भदौ १२ देखि चैत २७ सम्म केन्द्रीय बैंकका गभर्नर रहेका थिए ।
बार्षिकोत्वसको अवसरमा कार्यकारी निर्देशक विश्रुत थापा तथा निर्देशकद्वय डा. डिल्लीराज पोखरेल र लक्ष्मीप्रसाद प्रसाईले दीर्घसेवा पदक पाएका छन् ।
यस्तै सर्वोत्कृष्ट १ जना र ४ जना उत्कृष्ट कर्मचारी पुरस्कृत भए । कुल ११४७ कर्मचारीमध्ये सर्वोत्कृष्ट निर्देशक किरण पण्डित र उत्कृष्ट हरू सिद्धार्थनगर कार्यालयका सुबराती पठान, टक्सार महाशाखामा श्यामकुमार श्रेष्ठ, जनकपुर कार्यालयका प्रियंका ठाकुर, कानुन महाशाखाका सुमन आचार्य रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- यस्ता छन् विश्वको सबैभन्दा ठूलो नोबेल पुरस्कारबारे रोचक तथ्य....
- ओरालो लागेको मृग बने मास्टर सेफ सन्तोषः नियत खराब थिएन नियति खराब भइदियो
- ललितपुरमा गोली चल्योः तीन जना लागुऔषध तस्कर पक्राउ
- राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः गगन थापा
- रास्वपा लुम्बिनीको सभापतिमा शालिकराम घिमिरे निर्वाचित
- रास्वपाको उदय अस्थिर राजनीति र भूराजनीतिक चलखेलको परिणाम हो : एमाले
- अमेरिका–इरान युद्ध अन्त्यतर्फ, सम्झौतामा हस्ताक्षरको तयारी
- विश्वकपमा स्कटल्यान्डको विजयी सुरुआत, समूह ‘सी’को शीर्ष स्थानमा उक्लियो



ट्रेन्डिङ
खबरमुकाम






