टोकियो । जापानको ‘एनिमे स्टुडियो’मा भएको आगजनीमा परी ३६ जनाको ज्यान जाने गरी भएको आगजनीको अभियोगमा मृत्युदण्डको सजाय सुनाइएका जापानी नागरिकले शुक्रबार उक्त फैसलाविरुद्ध अपिल गरेका छन् ।
सन् २०१९ मा जापानको क्योटो एनिमेसनको स्टुडियोमा भएको आगजनीका लागि ४५ वर्षीय शिन्जी आओबालाई दोषी ठहर गरिएको छ । उनका वकिलले आहोबा मानसिक रोगी भएको र घटनामा दोषी ठहराउनु जापानको कानुन अनुसार गलत हुने दावी गर्दै फैसलाविरूद्ध निवेदन दिएका छन् ।
क्योटो जिल्ला अदालतका प्रवक्ताले एएफपीलाई दिएको जानकारीअनुसार शुक्रबार उहाँको प्रतिरक्षा टोलीले उक्त फैसलाविरुद्ध अपिल गरेको हो । कानूनमा मृत्युदण्डको सजायको प्रावधान राख्ने केही विकसित (जी–७) मुलुकहरूमध्ये जापान एक हो यसको लागि जन समर्थन उच्च छ । जापानमा गतबर्षको डिसेम्बरसम्म १०७ जनालाई मृत्युदण्ड दिइएको थियो ।
सन् २०१९ को जुलाईमा भएको आगलागीमा परी ज्यान गुमाउनेमा २१ वर्षीया एक महिलासहित अधिकांश युवा थिए । आओबा बिहान भवनभित्र पसेर भुइँतल्लामा पेट्रोल छर्केर आगो बालेर ‘ड्रप डेड’ भनेर चिच्याएको बाँचेकाहरूले बताएका छन् ।
फैसलामा न्यायाधीशले भनेका छन्, “मानिसहरुलाई अपमानित गर्नु वास्तवमै क्रूर र अमानवीय हो ।” आगजनीका कारण आओबाको आफ्नो शरीरको ९० प्रतिशत भाग जलेको थियो र आगो लागेको केही हप्तापछि मात्र होशमा आएका थिए भने पछि उनी बोल्न सक्ने भएका थिए ।
घटनामा ३६ जनाको मृत्यु भएको थियो भने अन्य ३० जनाभन्दा बढी घाइते भएका थिए भने अग्निनियन्त्रकहरूले घटनालाई ‘अकल्पनीय’ भनेका थिए र भित्र फसेका मानिसहरूको उद्धार गर्न ‘अत्यन्त कठिन’ भएको बताएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशमा रहेका प्रतिनिधिले एपबाटै मत हाल्न पाउने
- इजरायल–हिजबुल्लाबीच पनि युद्धविराम, तनाव भने कायमै
- लगातार दोस्रो हारसँगै टर्की विश्वकपबाट बाहिरियो
- रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनः शीर्ष नेताहरु पुगे चितवन
- सहकारी ठगी बाहेकका रवि लामिछानेका मुद्धा सबै अदालतबाट फिर्ता
- रास्वपा महाधिवेशनको असर प्रतिनिधिसभामा, बैठक ११ गतेसम्म स्थगित
- चिडियाखाना अनिश्चितकालका लागि बन्द, यस्तो छ कारण
- राप्रपामा दुर्गा प्रसाईंको तरंग, काठमाडौं जिल्ला समितिमा पहिरो



ट्रेन्डिङ
खबरमुकाम







