काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले, राष्ट्रसंघका महासचिवको नेपाल भ्रमण राष्ट्रिय मुद्दामा प्रभावकारी ध्यानाकर्षणका लागि महत्वपूर्ण अवसर भएको बताएका छन् ।
आइतबार संसद बैठक बस्नुअघि, नेपाल न्यूज बैंकसंग कुरा गर्दै गिरीले, राष्ट्रसंघका महासचिवको नेपाल भ्रमण अत्यन्तै ठुलो अवसर भएको भन्दै जलवायु परिर्वतन, गरिबी न्यूनिकरणलगायतका विषयमा संसदले राष्ट्रसंघको गम्भीर ध्यानाकर्षण गराउनु पर्ने बताए ।
‘संयुक्त राष्ट्रसंघका महासचिव आएको बेलामा अहिले जुन ग्लोबल इस्युहरु छन्, नेपालले धेरै ठुलो कन्र्सन राख्नुपर्ने मुद्दाहरु छन्, वातावरणका मुद्दाहरु, ग्लोबल वार्मिकका सवालहरु त्यसले नेपाल जस्तो राष्ट्रलाई पारेको प्रभावको कुराहरु छन्। ’ उनले भने‘ यस्ता मुद्दाहरुमा संयुक्त राष्ट्रसंघलाई गम्भीरताका साथ ध्यानाकर्षण गराउने र संयुक्त राष्ट्रसंघले नेपालको शान्ति प्रक्रियाको बारेमा गरेको सहयोगको बारेमा धन्यवाद दिने बाँकी रहेका कामहरुका बारेमा पनि हामीले स्पष्ट रुपमा आफ्ना भनाई राख्छौं ।
आजै संसद बैठकअघि सभामुखले, शीर्ष दलका प्रमुख सचेतकसंग छलफल गर्दैछन् ।
सो बैठकमा पनि संसदलाई कसरी प्रभावकारी बनाउने र राष्ट्रसंघका महासचिवको मंगलबारको सम्बोधनबारे समेत छलफल हुनसक्ने उनले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- विश्व तेक्वान्दो च्याम्पियनसिपमा नेपाली खेलाडीको शानदार प्रदर्शन, सरकारी प्रोत्साहन भने खोइ ?
- रसुवा बाढी प्रभावित क्षेत्र तीन महिनाका लागि विपद् सङ्कटग्रस्त घोषणा
- रसुवा बाढी प्रभावितप्रति नाइमाको दुःख व्यक्त
- रसुवा बाढी प्रभावितको उद्धार र राहतमा तीव्रता दिने सरकारको निर्णय
- रसुवागढी बाढी प्रभावितलाई नेपाल टेलिकमको निःशुल्क सेवा
- नेपाल टेलिकमले ल्यायो आउटबाउन्ड आईभीआर सेवा
- सामसङका ग्यालेक्सी जेड फोल्ड८ र फ्लिप८सहित नयाँ स्मार्टवाच नेपालमा उपलब्ध
- नाडा अटो शोको पहिलो दिन ३० हजारभन्दा बढी दर्शक



ट्रेन्डिङ
खबरमुकाम







