काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले रसुवागढीमा आएको बाढीबाट प्रभावित क्षेत्रका बासिन्दालाई टेलिफोन, एसएमएस र इन्टरनेट सेवा निःशुल्क उपलब्ध गराउने भएको छ ।
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले प्रभावित क्षेत्रमा निःशुल्क टेलिफोन तथा इन्टरनेट सुविधा तत्काल उपलब्ध गराउन निर्देशन दिएका थिए । त्यसअनुसार नेपाल टेलिकमले हालका लागि दुई दिनसम्म अनलिमिटेड भ्वाइस सेवा, प्रतिदिन दुई जीबी डाटा र ५० वटा एसएमएस निःशुल्क दिने जनाएको छ ।
नेपाल टेलिकमका प्रवक्ता कमल लामिछानेका अनुसार, बाढी प्रभावित क्षेत्र र आसपासका सेवाग्राहीलाई सावधानी अपनाउन आग्रह गर्दै एसएमएसमार्फत निरन्तर सूचना प्रवाह भइरहेको छ ।
बाढीका कारण रसुवामा दुई र नुवाकोटमा पाँच गरी सातवटा टावरमा क्षति पुगेको टेलिकमले जनाएको छ । क्षतिग्रस्त टावर तथा सेवा पूर्वाधारको मर्मतसम्भारका लागि कम्पनीको प्राविधिक टोली प्रभावित क्षेत्रमा खटिइसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- रसुवा बाढी प्रभावितप्रति नाइमाको दुःख व्यक्त
- रसुवा बाढी प्रभावितको उद्धार र राहतमा तीव्रता दिने सरकारको निर्णय
- रसुवागढी बाढी प्रभावितलाई नेपाल टेलिकमको निःशुल्क सेवा
- नेपाल टेलिकमले ल्यायो आउटबाउन्ड आईभीआर सेवा
- सामसङका ग्यालेक्सी जेड फोल्ड८ र फ्लिप८सहित नयाँ स्मार्टवाच नेपालमा उपलब्ध
- नाडा अटो शोको पहिलो दिन ३० हजारभन्दा बढी दर्शक
- मोटोरोला एज ७० फ्युजन नेपाली बजारमा, मूल्य ६९ हजार ९९९ रुपैयाँ
- स्कोडाले नेपालमा नयाँ जेनेरेसन कोडियाक सार्वजनिक गर्यो



ट्रेन्डिङ
खबरमुकाम







