काठमाडौं । मेडिकल ब्यावसायी दुर्गा प्रसाईले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् । भक्तपुरस्थित निवासमा नजरबन्दमा परेका प्रसाईले बन्दी प्रत्यक्षीकरण मुद्दा दायर गरेका हुन।
अधिबक्ता सुरेन्द्र पौडेलले प्रसाईको पक्षवाट मुद्दा दायर गरेका हुन् । सो मुद्दाको आईतवार सुनवाई हुनेछ।
प्रसाईंको अगुवाइमा बिहीबार काठमाडौंको बल्खुमा प्रदर्शन भएको थियो । उक्त प्रदर्शनका क्रममा उनका समर्थकहरुले पटक–पटक प्रहरीसँग झडप गरेका थिए । स्थिति नियन्त्रणभन्दा बाहिर जाने देखेपछि सुरक्षाकर्मीहरुले टियर ग्यास र पानीको फोहरा हानेर भीडलाई तितरबितर पारेको थियो ।
प्रसाईंले शुक्रबार तीनकुनेमा प्रदर्शन गर्ने तयारी गरेका थिए भने यो व्यवस्था नढालेसम्म प्रदर्शन जारी रहने उनको भनाइ रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- डाटा सेन्टरको विरोध गर्ने समुदायले ठूलो गल्ती गरिरहेका छन् : ट्रम्प
- आर्थिक संकट गहिरिँदै गएपछि इरानमा इन्धनको मूल्य बढाउने तयारी
- आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी
- सन नेपाल लाइफद्वारा मधेश प्रदेशका एडिएम तथा इमर्जिङ सन क्लब अभिकर्तालाई सम्मान
- कोषको कार्यकारी निर्देशक कार्कीको पदबहाली
- नेपाल बैंकद्वारा नाडा अटो शो २०२६ लक्षित गर्दै आकर्षक अटो लोन अफर सार्वजनिक
- ‘नाडा अटो शो २०२६’ को स्टल निर्माण तिव्र बन्दैछन् २०० बढी स्टल
- १८औं नाडा अटो शोका प्रमुख आकर्षणमध्ये जी१ ह्युमनोइड रोबोट र गो २ क्वाड्रुपेड रोबोट पनि



ट्रेन्डिङ
खबरमुकाम







