डाटा सेन्टरको विरोध गर्ने समुदायले ठूलो गल्ती गरिरहेका छन् : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डाटा सेन्टर विस्तारको विरोध गर्ने समुदायले ठूलो गल्ती गरिरहेको बताएका छन् । पूर्वसहयोगी माइकल कोहेनसँगको अन्तर्वार्ताका क्रममा ट्रम्पले डाटा सेन्टरले ठूलो संख्यामा रोजगारी सिर्जना गर्ने भएकाले यसको विरोध गर्नु उचित नभएको बताएका हुन् ।

अन्तर्वार्तामा ट्रम्पले अमेरिका कृत्रिम बुद्धिमत्ताको क्षेत्रमा चीनभन्दा निकै अगाडि रहेको दाबी गरे । डाटा सेन्टरहरूले राष्ट्रिय विद्युत् ग्रिडबाट बिजुली नलिएको दाबी गर्दै उनले आफ्नै विद्युत् उत्पादन केन्द्र निर्माण गरिरहेको बताए ।

ट्रम्पले डाटा सेन्टरहरूले आफ्नै विद्युत् उत्पादन केन्द्र निर्माण गरिरहेको उल्लेख गर्दै ती केन्द्र निकै आकर्षक र आधुनिक रहेको बताएका छन् ।

डाटा सेन्टरले ठूलो मात्रामा रोजगारी सिर्जना गर्ने भएकाले स्थानीय समुदायले त्यसलाई स्वीकार गर्नुपर्ने ट्रम्पको भनाइ छ । उनका अनुसार डाटा सेन्टरलाई अस्वीकार गर्ने समुदायले रोजगारी र आर्थिक अवसर गुमाउनेछन् ।

ट्रम्पको यस्तो भनाइ अमेरिकाका विभिन्न स्थानमा डाटा सेन्टर विस्तारको विरोध भइरहेका बेला आएको हो । केही डाटा सेन्टरले आफ्नै विद्युत् उत्पादन केन्द्र निर्माण गरिरहेका छन् भने केहीले राष्ट्रिय विद्युत् ग्रिडबाटै ऊर्जा लिने तयारी गरेका छन् ।

डाटा सेन्टरले अत्यधिक विद्युत् खपत गर्ने, स्थानीय पूर्वाधारमा दबाब बढाउने तथा वातावरणमा असर पार्न सक्ने भन्दै अमेरिकामा यसको विरोध हुँदै आएको छ । डेमोक्र्याटिक र रिपब्लिकन दुवै दलका केही नेताले पनि डाटा सेन्टर विस्तारप्रति आलोचना गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै