काठमाडौँ । नेशनल लाइफ इनस्योरेन्स कम्पनी लि. र काठमाडौँ इन्ष्टिच्यूट अफ चाइल्ड हेल्थबीच आज एक सम्झौता भएको छ ।
बुढानिलकण्ठ नगरपालिका वडा नं. ७ मा हाल निर्माणाधिन २०० बेड क्षमताको गैह्र नाफा मूलक बाल अस्पताल निर्माण परियोजनाका लागि नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले ३ वर्ष सम्म प्रति वर्ष रु.२५ लाखका दरले वित्तिय सहयोग उपलव्ध गराउन कम्पनीको तर्फबाट आज एक समारोहका बिच कम्पनीको कार्यकारी प्रमुख श्री सुरेशप्रसाद खत्री र इन्ष्टिच्यूटको तर्फबाट संस्थापक अध्यक्ष प्रा.डा. भगवान कोइरालाले सम्झौतामा हस्ताक्षर गरेका छन् ।
सोही अवसरमा सम्झौतामा हस्ताक्षर गर्दै कार्यकारी प्रमुख श्री सुरेशप्रसाद खत्रीले पहिलो किस्ता रकम रु २५ लाख को चेक पनि सो संस्थालाई हस्तान्तरण गरे ।
समारोहमा प्रा.डा. भगवान कोइरालाले नेपालका सबै बाल बालिकाको स्वास्थ्यमा सहज र सर्वसुलभ पहुँच पु¥याउने उदेश्यले परियोजना संचालन गर्न लागिएको र क्रमिक रुपमा देशको अन्य स्थानहरुमा समेत वाल स्वास्थ्य सेवा उपलव्ध गराउने योजना रहेको बताउँदै यस परियोजनाका लागि वित्तिय सहयोग उपलव्ध गराएकोमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनीलाई धन्यवाद ज्ञापन गरे ।
यसैगरी कम्पनीको तर्फबाट कार्यकारी प्रमुख सुरेशप्रसाद खत्रीले, कम्पनीले सामाजिक उत्तरदायित्व क्षेत्रमा क्रियाशिल भई विगतदेखि नै शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन एवं वातावरण संरक्षण जस्ता क्षेत्रहरुमा आर्थिक सहयोग उपलव्ध गराउँदै आएको संस्मरण गर्दै काठमाडौँ इन्ष्टिच्यूट अफ चाइल्ड हेल्थबाट निर्माणधिन वाल अस्पतालको परियोजनामा योगदान पु¥याउन पाएकोमा खुशी व्यक्त गर्दै अस्पताल सञ्चालनपछि नेपालका बाल बालिकाहरुले सहजरुपमा थप उत्कृष्ट स्वास्थ्य सेवा प्राप्त गर्नेमा विश्वस्त रहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- डाटा सेन्टरको विरोध गर्ने समुदायले ठूलो गल्ती गरिरहेका छन् : ट्रम्प
- आर्थिक संकट गहिरिँदै गएपछि इरानमा इन्धनको मूल्य बढाउने तयारी
- आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी
- सन नेपाल लाइफद्वारा मधेश प्रदेशका एडिएम तथा इमर्जिङ सन क्लब अभिकर्तालाई सम्मान
- कोषको कार्यकारी निर्देशक कार्कीको पदबहाली
- नेपाल बैंकद्वारा नाडा अटो शो २०२६ लक्षित गर्दै आकर्षक अटो लोन अफर सार्वजनिक
- ‘नाडा अटो शो २०२६’ को स्टल निर्माण तिव्र बन्दैछन् २०० बढी स्टल
- १८औं नाडा अटो शोका प्रमुख आकर्षणमध्ये जी१ ह्युमनोइड रोबोट र गो २ क्वाड्रुपेड रोबोट पनि



ट्रेन्डिङ
खबरमुकाम







