पाँचथर । दुई बेलायती नागरिक र एक नेपाली युवक सुदूरपश्चिमको डडेल्धुराबाट करिब १५ सय मिलोमिटर साइकल यात्रा गर्दै पूर्वी नेपालको फिदिम पुगेका छन् ।
बेलायती नागरिक मार्क मुरफि, रिर्चड विलियम र नेपाली युवा ओम अधिकारी पहाडै पहाड १५ सय किलोमिटर साइकल यात्रा गर्दै सोमबार पाँचथर सदरमुकाम फिदिम पुगेका हुन् ।
डडेल्धुराबाट फिदिम पुग्न २८ दिन लागेको साइकल यात्री ओम अधिकारीले जानकारी दिए । मध्यपहाडका जनजीवन, कृषि, संस्कृति र रहनसहनको विषयमा अध्ययन गर्दै पुस्तक लेख्नका लागि साइकल यात्रा गरेको बेलायती नागरिक मार्क मुरफिले बताए ।
‘यो यात्रापछि पहाडी जनजीवन, रहनसहन, कृषि, संस्कृति र भुगोलकाबारेमा किताब लेख्ने उद्देश्यको साथ यो यात्रा गरेका छौं’, मुरफिले भने ।
मध्यपहाडी लोकमार्ग पहाडै पहाड पूर्वबाट पश्चिम यात्रा गर्न सकिने एकमात्र सडक हो । यसमा पूर्वी पहाडी संस्कृतिदेखि पश्चिमसम्मको संस्कृतिको अध्ययन गर्न सकिन्छ ।
पूर्वदेखि पश्चिमसम्मका विभिन्न गाउँ हुँदै बनेको यो सडकले सडक सुविधामात्र नभई अन्य विकासका आयामहरू पनि खोलेको छ । कतै नयाँ शहर बनेका छन् भने अन्य विकास संचरना बनाएको छ । शहर जोड्न सजिलो र सहज भएको देखिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- डाटा सेन्टरको विरोध गर्ने समुदायले ठूलो गल्ती गरिरहेका छन् : ट्रम्प
- आर्थिक संकट गहिरिँदै गएपछि इरानमा इन्धनको मूल्य बढाउने तयारी
- आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी
- सन नेपाल लाइफद्वारा मधेश प्रदेशका एडिएम तथा इमर्जिङ सन क्लब अभिकर्तालाई सम्मान
- कोषको कार्यकारी निर्देशक कार्कीको पदबहाली
- नेपाल बैंकद्वारा नाडा अटो शो २०२६ लक्षित गर्दै आकर्षक अटो लोन अफर सार्वजनिक
- ‘नाडा अटो शो २०२६’ को स्टल निर्माण तिव्र बन्दैछन् २०० बढी स्टल
- १८औं नाडा अटो शोका प्रमुख आकर्षणमध्ये जी१ ह्युमनोइड रोबोट र गो २ क्वाड्रुपेड रोबोट पनि



ट्रेन्डिङ
खबरमुकाम







