काठमाडौं । एभरेष्ट बैंकले डिजिटल लिटरेसीका लागि वित्तीय चेतनामूलक पाँचवटा भिडियो निर्माण गरेको छ । जनतालाई डिजिटल बैंकिङप्रति जागरुक र सजग बनाउने उद्देश्यले भिडियो निर्माण गरेको बैंकले जनाएको छ ।
निर्माण भएका भिडियोहरु शृंखलाबद्ध रुपमा सार्वजनिक गरिने बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेतीले जानकारी दिए ।
भिडियोमा मोबाइल बैंकिङको प्रयोग, धारा-बत्ती तथा स्कुलको बिल भुक्तानी तरिका, डिजिटल ठगीबाट बच्ने उपाय, सरकारी राजस्व भुक्तानी तरिका र क्यूआर कोडको प्रयोगसम्बन्धी विधिबारे उल्लेख छ ।
भिडियोबाट सम्पूर्ण ग्राहक तथा सरोकारवालामा वित्तीय चेतना अभिवृद्धि हुने विश्वास बैंकले लिएको छ ।
बैंकले नेसनल बैंकिङ इन्स्टिच्युटसँगको सहकार्यमा सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रमको सुरुवात भएको जानकारीसमेत गराएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- डाटा सेन्टरको विरोध गर्ने समुदायले ठूलो गल्ती गरिरहेका छन् : ट्रम्प
- आर्थिक संकट गहिरिँदै गएपछि इरानमा इन्धनको मूल्य बढाउने तयारी
- आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी
- सन नेपाल लाइफद्वारा मधेश प्रदेशका एडिएम तथा इमर्जिङ सन क्लब अभिकर्तालाई सम्मान
- कोषको कार्यकारी निर्देशक कार्कीको पदबहाली
- नेपाल बैंकद्वारा नाडा अटो शो २०२६ लक्षित गर्दै आकर्षक अटो लोन अफर सार्वजनिक
- ‘नाडा अटो शो २०२६’ को स्टल निर्माण तिव्र बन्दैछन् २०० बढी स्टल
- १८औं नाडा अटो शोका प्रमुख आकर्षणमध्ये जी१ ह्युमनोइड रोबोट र गो २ क्वाड्रुपेड रोबोट पनि



ट्रेन्डिङ
खबरमुकाम







