काठमाडौँ । नेपाली बजारमा बुधबार पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्न सफल भएको छ ।
लगातार बढिरहेको सुनको मूल्य आज तेस्रो दिन पनि हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।
सोमबार र मंगलबार पनि सुनको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको थियो । यस्तै, बुधबार पनि सुनको मूल्यले रेकर्ड ब्रेक गरेको छ ।
मंगलबार सुन प्रतितोला एक लाख १७ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो ।
आज सुन प्रतितोला एक लाख १९ हजार तीन सय रूपैयाँ पुगेको छ । यो मूल्य पछिल्लो रेकर्डभन्दा एक हजार छ सय रूपैयाँ बढी हो ।
अघिल्लो दिन अर्थात् सोमबार तोलामा तीन सय रूपैयाँ बढेको सुनको मूल्य आज अघिल्लो दिनको तुलनामा प्रतितोला एक हजार छ सय रूपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १९ हजार तीन सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार सात सय ५० रूपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार छापावाल सुन प्रतितोला एक लाख १७ हजार सात सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार एक सय ५० रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै, बुधबार चाँदीको मूल्य पनि बढेको छ ।
मंगलबार प्रतितोला १ हजार पाँच सय रूपैयाँमा कारोबार भएको चाँदी बुधबार प्रतितोला १ हजार पाँच सय २० रूपैयाँमा किनबेच भइरहेको छ ।
यो मूल्य अघिल्लो दिनको तुलनमा प्रतितोला २० रूपैयाँ बढेको हो ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस दुई हजार ४६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- डाटा सेन्टरको विरोध गर्ने समुदायले ठूलो गल्ती गरिरहेका छन् : ट्रम्प
- आर्थिक संकट गहिरिँदै गएपछि इरानमा इन्धनको मूल्य बढाउने तयारी
- आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी
- सन नेपाल लाइफद्वारा मधेश प्रदेशका एडिएम तथा इमर्जिङ सन क्लब अभिकर्तालाई सम्मान
- कोषको कार्यकारी निर्देशक कार्कीको पदबहाली
- नेपाल बैंकद्वारा नाडा अटो शो २०२६ लक्षित गर्दै आकर्षक अटो लोन अफर सार्वजनिक
- ‘नाडा अटो शो २०२६’ को स्टल निर्माण तिव्र बन्दैछन् २०० बढी स्टल
- १८औं नाडा अटो शोका प्रमुख आकर्षणमध्ये जी१ ह्युमनोइड रोबोट र गो २ क्वाड्रुपेड रोबोट पनि



ट्रेन्डिङ
खबरमुकाम







