काठमाडौं । नयाँ वर्ष २०८२ को अवसरमा स्टाइल सुजले आफ्ना ग्राहकहरुका लागि छुट र अफरका योजना सार्वजनिक गरेको छ । झण्डै एक दशकदेखि नेपाली बजारमा बच्चादेखि बृद्घसम्मका लागि जुत्ता उत्पादनदेखि बजारीकरण गर्दै आएको कम्पनीले ग्राहकहरुका लागि नयाँ वर्ष लक्षित अफर ल्याएको हो ।
स्टाइल सुज ब्राण्डको उत्पादक कम्पनी स्टाइल सुज इण्डष्ट्रिज प्रालिले हरेक जुत्ता खरिदमा १५ प्रतिशतसम्म छुट दिने योजना सार्वजनिक गरेको छ । यस्तै कम्पनीले नयाँ वर्षका लागि दुई दर्जनभन्दा बढी नयाँ पार्टी सुज, स्पोर्टस, बुट र क्याजुअल सुज सार्वजनिक गरेको छ ।
अहिलेसम्म साढे तीन सय मोडलका जुत्ता बजारमा पठाइसकेको स्टाइल सुजले नयाँ वर्षलाई लक्षित गर्दै थप २५ मोडल बजारमा ल्याएको कम्पनीले जनाएको छ । ।
साथै वैशाखदेखि सुरु हुने विभिन्न स्कुलमा नयाँ भर्नासँगै छात्रछात्रालाई आवश्यक पर्ने जुत्ता उत्पादन गरेर बजारमा ल्याएको स्टाइल सुज इण्डष्ट्रिज प्रालिका प्रबन्ध निर्देशक कुमार न्यौपानेले बताए ।
पछिल्लो समय स्टाइल सुज युवापुस्ताको विशेष रोजाइमा पर्ने गरेको भन्दै उनले बताए । नेपालमा उत्पादित जुत्ताहरू आधुनिक युवायुवतीभन्दा पनि अलि उमेर ढल्केकाहरूको लागि मात्र हो भन्ने आम धारणालाई चिर्न पनि कम्पनीले उनीहरूको इच्छानुसारको नयाँ–नयाँ डिजाइन उपलब्ध गराएको प्रबन्ध निर्देशक न्यौपानेले बताए ।
कम्पनीले हरेक किसिमका ग्राहकका लागि पार्टी सुज, स्पोट्र्स सुज, क्याजुअल सुज, अफिसियल सुजका साथै स्कुल र कलेज पढ्ने विद्यार्थीलगायतका अन्य डिजाइन रहेको कम्पनीले बताएको छ । देशका ६५ जिल्लाका मुख्य बजारमा उपलब्ध स्टाइल सुजमा छ महिनाको वारेन्टी दिइएको छ । करिब एक दशकअघि स्वदेशी उद्योग प्रवद्र्धन गर्ने उद्देश्यसहित स्टाईल सुज ब्राण्ड बजारमा ल्याइएको प्रबन्ध निर्देशक न्यौपानेले बताए
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- फोहोर व्यवस्थापनलगायतका विषयमा प्रधानमन्त्री शाहलाई भेट्ने मेयर्स फोरमको निर्णय
- ‘मेड इन नेपाल’को पहिचान जोगाउन बौद्धिक सम्पत्ति र भौगोलिक सङ्केत कानुन बलियो बनाउन जोड
- नाडा अटो शो लक्षित गर्दै मुक्तिनाथ विकास बैंकको ५.५४ प्रतिशत ब्याजदरमा अटो लोन
- एलआरआर मोटर्सले नेपाल भित्र्यायो स्काईवेलको बीई११, नाडा अटो शोमा सार्वजनिक
- बडिमालिकामा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन
- कामना सेवा विकास बैंकको २०औँ वार्षिक साधारणसभा भदौ ३१ गते
- नेपाल मेडिकल कलेजमा प्राध्यापक, लेक्चरर, नर्स सहित इन्जिनियरहरू माग
- ह्वाइट फेदर्सको विशेष अफर : डायमण्डमा ५५ प्रतिशत छुटदेखि १ किलो चाँदी जित्ने अवसर



ट्रेन्डिङ
खबरमुकाम




.jpeg)


