काठमाडौं । नेपाल चेम्बर अफ कमर्स एनसीसी र इन्टरनेशनल रिलेसन्स एण्ड ग्लोबल डिप्लोमेसी डाईलग आईआरजीडीडीबीच आर्थिक कुटनीति र लगानी प्रर्वद्धनका लागि सहकार्यको सम्झौता भएको छ । काठमाडौंको जमलस्थित चेम्बर भवनमा मंगलबार आयोजित कार्यक्रममा चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवाल र आईआरजीडीडीकी अध्यक्ष एवं पूर्वराजदूत डा. शर्मिला पराजुली ढकालले सहकार्यको सम्झौतामा हस्ताक्षर गरे । चेम्बर र आईआरजीडीडीबीच व्यापार तथा लगानी कुटनीति, नीतिगत अनुसन्धान र क्षमता अभिवृद्धि, नेपाली उत्पादनहरुको बजार प्रवद्र्धन र निजी क्षेत्रको संलग्नता लगायतका विषयमा सहकार्य गर्ने सम्वन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको चेम्बरद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
नेपालको कुटनीतिक सम्वन्ध स्थापना भएका मुलुक तथा विदेशमा रहेका नेपालीहरुलाई समेत समावेश गरेर लगानीको सम्भावना, व्यापार अभिवृद्धि गर्ने विषयमा सहकार्य गरिने सम्झौतामा जनाईएको छ । व्यापार, युवा जनशक्ति परिचालन, आर्थिक कुटनीति र लगानी अभिवृद्धि जस्ता क्षेत्रमा चेम्बर र आईआरजीडीडीबीच संयुक्त रुपमा अध्ययन अनुसन्धान समेत गरिने सम्झौतामा उल्लेख छ । दुई संस्थाबीचमा भएको सम्झौताको कार्यान्वयनलाई प्रत्येक ६ महिनामा पुनरावलोकन गरिने चेम्बरले जनाएको छ । विदेशस्थित कुटनीतिक नियोग, राजदूतावास एवं नेपालको निजीक्षेत्रबीच निरन्तर छलफल र सहकार्य मार्फत आर्थिक कुटनीतिलाई बलियो बनाउन आवश्यक रहेकाले आईआरजीडीडीसंग सहकार्यको सम्झौता गरिएको चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- रसुवागढी बाढी प्रभावितलाई नेपाल टेलिकमको निःशुल्क सेवा
- नेपाल टेलिकमले ल्यायो आउटबाउन्ड आईभीआर सेवा
- सामसङका ग्यालेक्सी जेड फोल्ड८ र फ्लिप८सहित नयाँ स्मार्टवाच नेपालमा उपलब्ध
- नाडा अटो शोको पहिलो दिन ३० हजारभन्दा बढी दर्शक
- मोटोरोला एज ७० फ्युजन नेपाली बजारमा, मूल्य ६९ हजार ९९९ रुपैयाँ
- स्कोडाले नेपालमा नयाँ जेनेरेसन कोडियाक सार्वजनिक गर्यो
- ईद मिलादुन्नबीमा सार्वजनिक बिदा पुनः कायम गर्न समाजवादी पार्टीको माग
- नामी भिगो ई२को दुई लाख रुपैयाँ छुट सकियो, बुकिङ अब एमआरपीमै



ट्रेन्डिङ
खबरमुकाम







.jpeg)