काठमाडौ । पर्वतीय पर्यटन प्रवर्धनको उद्देश्य राखेर ओखलढुङ्गाका सगरमाथा आरोहण गर्ने आरोहीहरू सङ्गठित भएका छन् । बुधबार काठमाडौँमा आयोजित आरोहीहरूको भेलाले सगरमाथा आरोही क्लब, ओखलढुङ्गा नामक संस्था स्थापना गरी पर्यटन प्रवर्धनमा काम गर्ने जनाएको छ । भेलाले अन्तर्राष्ट्रिय माउन्टेन गाइड (आइएफएमजिए) एवं आरोही गेल्जे शेर्पाको अध्यक्षतामा १३ सदस्सीय तदर्थ समिति गठन गरेको छ । समितिमा उपाध्यक्षमा सगरमाथा आरोही वाङडा शेर्पा, तेन्जी शेर्पा, महासचिवमा गाइड कुङगा शेर्पा, सचिवमा गेल्मु शेर्पा, कोषाध्यक्षमा ओङडा शेर्पा र सदस्यहरूमा दोर्जी शेर्पा, सविन मगर, छिरिङ शेर्पा, छेपाल शेर्पा, जीवन तामाङ, वीरबहादुर परियार, र पेम्वा रिन्जी शेर्पा रहेका छन् ।
पर्वतीय पर्यटनलाई प्रवर्धन गर्न नयाँ हिमालहरूको पहिचान तथा आरोहण गर्ने, नयाँ आरोहीहरूलाई प्रोत्साहनमुखी कार्यक्रमहरू गर्ने, पर्वतारोहणका लागि प्राविधिक सहयोग तथा साहसिक खेलहरूको प्रवर्धन गर्ने समितिको भनाइ रहेकाे ओखलढुङ्गाबाट स्थायी तथा अस्थायी रूपमा काठमाडौँमा आएर बसोवास गरिरहेका सगरमाथा आरोहीहरूलाई यो संस्थामा समेटिने अध्यक्ष शेर्पाले जानकारी दिए ।
पर्वतीय पर्यटनलाई प्रवर्धन गर्न नयाँ हिमालहरूको पहिचान तथा आरोहण गर्ने, नयाँ आरोहीहरूलाई प्रोत्साहनमुखी कार्यक्रमहरू गर्ने, पर्वतारोहणका लागि प्राविधिक सहयोग तथा साहसिक खेल (रक क्लाइम्विङ, भिया फराटा) जस्ता खेलहरूको प्रवर्धनमा सहयोग पुर्याउने लगायतका उद्देश्य संस्थाको रहेको अध्यक्ष शेर्पाले जानकारी दिए ।
यस संस्थामा तत्काल एक सय ५० भन्दा बढी सगरमाथा आरोहण गर्नेहरू सङ्गठित हुने छन् भने त्यसपछि अग्ला हिमाल र पिक आरोहण गर्नेहरूलाई समेत समेटिँदै जाने लक्ष्य संस्थाले राखेको जनाएको छ । हिमाल आरोहणका क्रममा प्राविधिक कारणले हुने र मानवीयकारणले हुने दुर्घटनाहरूको न्यूनीकरणमा समेत संस्थाले सहयोग पुर्याउने लक्ष्य राखेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- विश्व तेक्वान्दो च्याम्पियनसिपमा नेपाली खेलाडीको शानदार प्रदर्शन, सरकारी प्रोत्साहन भने खोइ ?
- रसुवा बाढी प्रभावित क्षेत्र तीन महिनाका लागि विपद् सङ्कटग्रस्त घोषणा
- रसुवा बाढी प्रभावितप्रति नाइमाको दुःख व्यक्त
- रसुवा बाढी प्रभावितको उद्धार र राहतमा तीव्रता दिने सरकारको निर्णय
- रसुवागढी बाढी प्रभावितलाई नेपाल टेलिकमको निःशुल्क सेवा
- नेपाल टेलिकमले ल्यायो आउटबाउन्ड आईभीआर सेवा
- सामसङका ग्यालेक्सी जेड फोल्ड८ र फ्लिप८सहित नयाँ स्मार्टवाच नेपालमा उपलब्ध
- नाडा अटो शोको पहिलो दिन ३० हजारभन्दा बढी दर्शक



ट्रेन्डिङ
खबरमुकाम







