काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए)ले व्यवस्थापन गरेका २७ हिमालमध्ये गत आर्थिक वर्ष २०८१/८२ मा २३ वटा हिमालको मात्रै आरोहण भएको छ । आरोहण भएका हिमालमध्ये सबैभन्दा बढी आकर्षण इम्जात्से (आइल्याण्ड) पीकमा देखिएको छ । पर्यटन विभागले सार्वजनिक गरेको एनएमएले व्यवस्थापन गर्ने हिमालको सूचीमध्ये इम्जात्से, मेरा पीक र लोबुचेमा सबैभन्दा बढी पर्यटकीय आकर्षण देखिएको छ । तथ्यांक अनुसार एनएमएले वर्षभरीमा पीक सेलबाट आम्दानी गरेको १६ करोड ९७ लाख रुपैयाँमध्ये ९१ प्रतिशत आरोहण शुल्क इम्जात्से, मेरा पीक र लोबुचेबाट संकलन भएको छ । इम्जात्सेमा गत आर्थिक वर्षमा ७७० टीमले अनुमति लिएका थिए । यसमध्ये १७ सय ४६ महिला र ६५२ पुरुष गरी कुल २३ सय ९८ जनाले इम्जात्से आरोहणको अनुमति लिएका थिए । यो हिमाल आरोहणबाट एनएमएले गत वर्ष ५ करोड ४२ लाख रुपैयाँ संकलन गरेको छ ।
एनएमले व्यस्थापन गर्ने हिमालमध्ये सबैभन्दा बढी पर्यटक पुगेका र आकर्षण देखिएको हिमालेको दोस्रो नम्बरको सूचीमा मेरा पीक छ । पहिलो नम्बरमा भने आइल्याण्ड नै देखिन्छ । सोलुखुम्बुमा पर्ने मेरा पीकमा गत वर्ष ६६५ वटा टोलीले अनुमति लिएका थिए । १७ सय ६२ पुरुष र ६८६ महिला गरी कुल २४ सय ४८ पर्यटकले उक्त हिमालको आरोहण अनुमति लिँदा ५ करोड ६४ लाख रुपैयाँ राजस्व संकलन भएको छ । पर्यटकले लिने अनुमतिका हिसाले इम्जात्से अगाडि भए पनि रोयल्टी संकलनका हिसाबले भने मेरा पीक अग्रसूचीमा देखिन्छ । लोबुचेमा पनि गत वर्ष ५३४ वटा टिमले अनुमति लिएका थिए । १३०६ पुरुष र ५१० महिला गरी कुल १८ सय १६ जनाले उक्त हिमालको लागि अरोहण अनुमति लिएका थिए । लोबुचेकोको आरोहण अनुमतिबाट ४ करोड ३९ लाख रुपेयाँ राजस्व संकलन भएको पनि देखिएको छ । अरु हिमालमो न्यूतम एउटादेखि ५० वटासम्म टोलीले अनुमति लिएका छन् ।
22huu.png)
नेपाल पर्वतारोहण संघका महासचिव तथा ट्रेकिङ व्यवसायी मोहन लम्सालका अनुसार एनएमएले व्यवस्थापन गर्ने हिमालमा पर्यटक पठाउने टपटेन व्यवसायीको सूचीमा उनको कम्पनी मकालु एड्भेन्चर वर्षेनी पर्दै आएको छ । उनको कम्पनीले बढी एनएमएका हिमाल बिक्री गरेको भन्दै वर्षेनी सम्मानित हुँदै आएको पनि छ । लम्सालका अनुसार मनास्लुको चुलु इस्ट (६५८४ मिटर)पछि ट्रेकिङ गन्तव्यको रुपमा दोस्रोमा सोलुखुम्बुमा रहेको मेरा पीक (६४७६ मिटरको) पर्छ। त्यो भन्दा बढी उचाईका हिमाललाई भने पर्यटन मन्त्रालय अन्तर्गतको पर्यटन विभागबाटै आरोहण अनुमति जारी हुन्छ ।
एनएमएले व्यवस्थापन गरेका हिमालहरुमध्ये पदायात्रा गन्तव्यको रुमा रुचाइको तेस्रो नम्बरको सूचीमा खुम्बु क्षेत्रमै रहेको ६११९ मिटरको लोबुचे पर्छ । अन्य हिमालेको तुलनामा आरोहण गर्न सहज, आकर्षक र पदयात्रा गन्तव्यको सूचीमा परेकामध्ये पर्यटकको रोजाईमा परेका र एकले अर्कोलाई सिफारिश गर्ने हिमालको सूचीमा परेका कारण पनि अन्य २४ हिमालभन्दा बढी आकर्षण तीनवटा मात्रै देखिएको एनएमएका महासचिव लम्सालले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- विश्व तेक्वान्दो च्याम्पियनसिपमा नेपाली खेलाडीको शानदार प्रदर्शन, सरकारी प्रोत्साहन भने खोइ ?
- रसुवा बाढी प्रभावित क्षेत्र तीन महिनाका लागि विपद् सङ्कटग्रस्त घोषणा
- रसुवा बाढी प्रभावितप्रति नाइमाको दुःख व्यक्त
- रसुवा बाढी प्रभावितको उद्धार र राहतमा तीव्रता दिने सरकारको निर्णय
- रसुवागढी बाढी प्रभावितलाई नेपाल टेलिकमको निःशुल्क सेवा
- नेपाल टेलिकमले ल्यायो आउटबाउन्ड आईभीआर सेवा
- सामसङका ग्यालेक्सी जेड फोल्ड८ र फ्लिप८सहित नयाँ स्मार्टवाच नेपालमा उपलब्ध
- नाडा अटो शोको पहिलो दिन ३० हजारभन्दा बढी दर्शक



ट्रेन्डिङ
खबरमुकाम







