काठमाडौं । स्पेनले बेल्जियममाथि रोमाञ्चक जित निकाल्दै फिफा विश्वकप फुटबलको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । शनिबार बिहान लस एन्जलस स्टेडियममा भएको क्वार्टरफाइनलमा स्पेनले बेल्जियमलाई २–१ गोलले पराजित गर्दै अन्तिम चारमा आफ्नो स्थान बनाएको हो । यससँगै स्पेन १६ वर्षपछि विश्वकपको सेमिफाइनलमा पुग्न सफल भएको छ ।
सन् २०१० मा विश्वकपको उपाधि जितेको स्पेन त्यसयता अपेक्षाअनुसारको प्रदर्शन गर्न सकेको थिएन । २०१४ मा समूह चरणबाटै बाहिरिएको स्पेन २०१८ र २०२२ संस्करणमा भने अन्तिम १६ बाटै प्रतियोगिताबाट बाहिरिएको थियो। यसपटक भने टोलीले सशक्त प्रदर्शन गर्दै उपाधि यात्रालाई निरन्तरता दिएको छ ।
स्पेनको जितमा फेबियन रुइज र मिकेल मेरिनोले एक–एक गोल गरे । बेल्जियमका चार्ल्स डे केटलेरले टोलीका लागि सान्त्वना गोल फर्काएका थिए ।
खेलको ३०औँ मिनेटमा रुइजले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए । तर पहिलो हाफ सकिनुअघि ४१औँ मिनेटमा डे केटलेरले गोल गर्दै बेल्जियमलाई १–१ को बराबरीमा ल्याए ।
खेल बराबरीतर्फ अघि बढिरहेको अवस्थामा ८८औँ मिनेटमा मेरिनोले निर्णायक गोल गर्दै स्पेनलाई २–१ को महत्वपूर्ण जित दिलाए ।
अब स्पेनले फाइनल प्रवेशका लागि सेमिफाइनलमा फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- विश्व तेक्वान्दो च्याम्पियनसिपमा नेपाली खेलाडीको शानदार प्रदर्शन, सरकारी प्रोत्साहन भने खोइ ?
- रसुवा बाढी प्रभावित क्षेत्र तीन महिनाका लागि विपद् सङ्कटग्रस्त घोषणा
- रसुवा बाढी प्रभावितप्रति नाइमाको दुःख व्यक्त
- रसुवा बाढी प्रभावितको उद्धार र राहतमा तीव्रता दिने सरकारको निर्णय
- रसुवागढी बाढी प्रभावितलाई नेपाल टेलिकमको निःशुल्क सेवा
- नेपाल टेलिकमले ल्यायो आउटबाउन्ड आईभीआर सेवा
- सामसङका ग्यालेक्सी जेड फोल्ड८ र फ्लिप८सहित नयाँ स्मार्टवाच नेपालमा उपलब्ध
- नाडा अटो शोको पहिलो दिन ३० हजारभन्दा बढी दर्शक



ट्रेन्डिङ
खबरमुकाम







