मुकाम डेस्क । सरकारले यो महिना पछि बजारमा चिनी सजिलै पाइने जनाएको छ । नेपालमा नै उखुको क्रसिङ शुरु भइसकेकाले यो महिना पछि चिनीको अभाव नहुने वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दाबी गरेको हो ।
विभागका महानिर्देशक तीर्थराज चिलुवालका अनुसार भारतबाट चिनी ल्याउँदा महँगो पर्ने भएकाले अहिलेलाई आयात रोकिएको छ । आयात नहुँदा र नेपालमै उत्पादन पर्याप्त नहुँदा अहिले चिनीको अभाव देखिएको उनको भनाइ छ ।
तर, अब कतिपय स्वदेशी चिनी मिलले उत्पादन शुरु गरिसकेकाले र केहीले यो महिनाको अन्तिमदेखि उत्पादन थाल्ने भएकाले अर्को महिनादेखि सहज रुपमा चिनी पाइने बताए ।
बजारमा दशैँदेखि नै चिनीको अभाव छ । यसबीचमा सरकारले जीटुजी अर्थात सरकार सरकारमार्फत चिनी आयात गर्ने भनिए पनि आयात हुन सकेको छैन । सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङलाई भन्सार सहुलियतमा १०–१० हजार मेट्रिक टन चिनी आयात गर्न दिने सहमति दिएको थियो । तर दुवै कम्पनीले महँगो परेको भन्दै चिनी आयात गरेका छैनन् ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आपूर्ति व्यवस्था मिलाउन र मूल्य घटाउनका लागि छलफल भइरहेको जनाएको छ । उपभोक्ताले अहिले चिनी किलोको १५० रुपैयाँसम्म तिर्न बाध्य भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






