काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन

काठमाडौँ । नेपालमा पब्जी मोबाइल गेमिङको ठूलो अन्तर्राष्ट्रिय प्रतियोगितामध्ये एक PMGO South Asia Finals 2026 आयोजना हुने भएको छ। प्रतियोगिता भदौ ३१ गतेदेखि असोज ३ गतेसम्म काठमाडौंस्थित दशरथ रंगशालाको कभर्ड हलमा सञ्चालन हुने जनाइएको छ।

प्रतियोगिताको मुख्य प्रायोजकका रूपमा एक्स्ट्रिम इनर्जी ड्रिंक रहेको छ। एक्स्ट्रिम इनर्जी ड्रिंकले PMGO South Asia Finals मार्फत नेपालमा गेमिङ तथा ई–स्पोर्ट्सप्रतिको बढ्दो आकर्षणलाई थप उत्साह प्रदान गर्ने अपेक्षा गरिएको जनाएको छ।

चार दिनसम्म सञ्चालन हुने प्रतियोगिताका क्रममा दर्शक तथा सहभागीका लागि एक्स्ट्रिम एक्सपेरियन्स जोन समेत सञ्चालन गरिने भएको छ। उक्त क्षेत्रमा विभिन्न मनोरञ्जनात्मक खेल, चुनौतीपूर्ण गतिविधि, प्रतियोगिता, फोटो खिच्ने अवसर तथा तत्काल उपहार वितरणलगायतका कार्यक्रम सञ्चालन हुनेछन्।

प्रतियोगिताको अवधिभर एक्स्ट्रिम फ्यान एन्ड एक्सपेरियन्स जोन, वाच पार्टी जोन, एक्स्ट्रिम गेमिङ च्यालेन्ज, एक्स्ट्रिम फोटो तथा कन्टेन्ट जोन लगायतका गतिविधि सञ्चालन गरिने आयोजकले जनाएको छ। यी गतिविधिले प्रतियोगिता हेर्न आउने दर्शक तथा सहभागीलाई थप मनोरञ्जन र सहभागिताको अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।

आयोजकका अनुसार PMGO South Asia Finals केवल प्रतिस्पर्धात्मक गेमिङ प्रतियोगितामा सीमित नभई दर्शकका लागि मनोरञ्जन, सहभागिता र नयाँ अनुभवको अवसरसमेत बन्नेछ। चार दिनसम्म चल्ने प्रतियोगितामार्फत नेपालमा ई–स्पोर्ट्स तथा गेमिङ संस्कृतिलाई थप प्रवर्द्धन गर्ने विश्वास आयोजकले व्यक्त गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै