मुस्ताङ । मुस्ताङमा अघिल्लो वर्षको तुलनामा यो वर्ष आलु उत्पादन ३३ प्रतिशतले घटेको छ । कृषि ज्ञान केन्द्र मुस्ताङका अनुसार डढुवारोग र अधिक वर्षाका कारण आलु उत्पादन घटेको हो ।
केन्द्रका प्रमुख प्रकाश बस्ताकोटीका अनुसार गत वर्ष नौ हजार ६०३ मेट्रिक टन आलु उत्पादन भएकोमा यो वर्ष छ हजार तीन ३६३ मेट्रिक टन आलु उत्पादन भएको छ । ‘यसपालि आलुको बोट हुर्कने समयमा लगातार वर्षा हुँदा वृद्धि विकास राम्रो हुन सकेन’, प्रमुख बस्ताकोटीले भने, ‘डढुवा रोगका प्रकोप पनि आलु उत्पादन घट्नुको कारण हो ।’
स्थानीय तहका कृषि शाखासँग समन्वय गरी आलुको क्रप कटिङ गरिएको थियो । चैत–वैशाख महिनामा लगाइने आलु असोज–कात्तिक महिनामा भित्र्याइन्छ । गत वर्ष प्रतिहेक्टर ३०.७८ मेट्रिक टन आलु उत्पादन भएकामा यो वर्ष २० दशमलव दुई मेट्रिक टन फल लागेको छ । मुस्ताङको ३१५ हेक्टर क्षेत्रफलमा आलुखेती हुने गरेको छ । अघिल्लो वर्षको तुलनामा यसपालि आलुखेती हुने क्षेत्रफल तीन हेक्टरले भएको थियो ।
मुस्ताङमा उत्पादन हुने आलु पोखरा, काठमाडौँ, चितवनलगायतका बजारमा खपत हुने गरेको छ । केन्द्रका अनुसार यहाँ उत्पादन हुने आलु २० प्रतिशत बीउ र १० प्रतिशत उपभोगका लागि खपत भई बाँकी ७० प्रतिशत निकासा हुन्छ । आलु प्रतिकिलो सरदर ५० रुपैयाँमा बिक्री हुन्छ ।
यहाँ गत वर्ष ४८ करोड नौ लाख मूल्य बराबरको आलु उत्पादन भएकामा यसपटक ३१ करोड ८१ लाख रुपैयाँबराबरको मात्रै भएको छ । हिमाली चिसो हावापानीमा प्राङ्गारिक विधिबाट विषादिको प्रयोगबिना उत्पादन भएको आलुको बजारमा उच्च माग रहेको किसान रोशन थकालीको भनाइ छ ।
आलु खेतीमा भेडा–च्याङग्रा, गाई, गोरु र चौँरीको मल प्रयोग हुन्छ । आलु खेतीका लागि गण्डकी प्रदेश सरकारमार्फत चालु आर्थिक वर्षमा प्रतिरोपनी सात हजार ५०० अनुदान छुट्याइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- गुमुखोला भ्याकुरे हाइड्रोपावरद्वारा ५ लाख कित्ता निष्काशनका बिक्री प्रबन्धक नियुक्त
- ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था
- आज ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
- मादक पदार्थ सेवन गरेका चालकको ग्यास ट्यांकरले ई–रिक्सा ठक्कर दिँदा ९ जना घाइते
- भारतबाट शेख हसिनाको पत्रकार सम्मेलनप्रति बंगलादेशको कडा आपत्ति
- घर बनाउन सञ्चय कोष सुर्खेतले दियो ३५ करोड ऋण
- ‘ब्लू सर्ज - पावरिंग अहेड टुगेदर पार्टनर्स मीट २०२६’ सम्पन्न गरी यामाहा नेपालका साझेदारहरू स्वदेश फिर्ता
- नाट्टा निर्वाचनका लागि भरत जंग पाण्डेको नेतृत्वमा प्यानल घोषणा

ट्रेन्डिङ
खबरमुकाम






.jpeg)
