काठमाडौं । गुमुखोला भ्याकुरे हाइड्रोपावर लिमिटेडले सर्वसाधारण तथा आयोजना प्रभावित स्थानीयवासीका लागि ५ लाख कित्ता साधारण शेयर प्रारम्भिक सार्वजनिक निष्काशन गर्नका लागि आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
उक्त नियुक्ति सम्बन्धी सम्झौता पत्रमा गुमुखोला भ्याकुरे हाइड्रोपावर लिमिटेडका तर्फबाट अध्यक्ष मित्र बहादुर श्रेष्ठ र आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रि प्रसाद प्याकुरेल बीच हस्ताक्षर भएको छ ।
प्रवद्र्धक कम्पनी गुमुखोला भ्याकुरे हाइड्रोपावर लिमिटेडद्वारा निर्मित गुमुखोला भ्याकुरे जलविद्युत आयोजना दोलखा जिल्लाको कालिञ्चोक गाउँपालिकामा अवस्थित रहेको छ । रन अफ रिभर प्रविधिमा आधारित यस आयोजनाको कुल जडित उत्पादन क्षमता ९५० किलोवाट रहेको छ । यस आयोजनाबाट वार्षिक करिब ५.६ NWH न्ध्ज विद्युत ऊर्जा उत्पादन भईरहेको छ । आयोजनाबाट उत्पादित विद्युत ३३ के.भी. प्रसारण लाइनमार्फत नेपाल विद्युत प्राधिकरणको सिंगटी सबस्टेशनमा जोडिने कम्पनीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन

ट्रेन्डिङ
खबरमुकाम






