काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को ५९औं वार्षिक साधारणसभासँगै हुने २५औं कार्यसमिति निर्वाचनका लागि भरत जंग पाण्डेको नेतृत्वमा ‘भरत एण्ड टिम’ले आफ्नो प्यानल सार्वजनिक गरेको छ। आगामी अगस्ट १४, २०२६ मा हुने निर्वाचनका लागि “सशक्त नाट्टा समृद्ध पर्यटनस् सदस्यसँगै, सदस्यका लागि” भन्ने नाराका साथ यो समूह चुनावी मैदानमा उत्रिएको हो ।
यस प्यानलमा एभरेष्ट मिरेकल ट्राभल्स एण्ड टुर्सका सञ्चालक भरत जंग पाण्डेले अध्यक्ष पदका लागि नेतृत्व गरेका छन् । उनको टिमबाट वरिष्ठ उपाध्यक्षमा सोसाइटी ट्राभल सर्भिसका सुनिल शर्मा, उपाध्यक्षमा एरो ट्राभल एण्ड टुर्सकी सबिता केसी भट्टराई, महासचिवमा वर्ल्ड फेभर ट्राभल एण्ड टुर्सका राजकुमार देवकोटा, सचिवमा रुपसे होलिडेजका रमेश पराजुली, कोषाध्यक्षमा थामसेर्कु ट्राभलकी डिकी शेर्पा र सह(कोषाध्यक्षमा ह्याम्लेट टुर्स एण्ड ट्राभल्सका जीवन कोइरालाले उम्मेदवारी दिएका छन् ।
त्यसैगरी, कार्यसमिति सदस्यहरूका रूपमा रोयल ट्राभल्स एण्ड टुर्सका दिनानाथ पाण्डे (प्रकाश), शुभम् ट्राभल्स एण्ड टुर्सका दिनेश मैनाली, सोदिप ट्राभल एण्ड टुर्सका दीपक मरासिनी र ८ आइज ट्राभल एण्ड टुर्सका नबिन गुरुङले आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् । कार्यसमिति सदस्यकै अन्य उम्मेदवारहरूमा प्रभास ट्राभल एण्ड टुर्सका प्रकाश लोहनी, आर्य भिलेज ट्राभलकी सरला सापकोटा, हाम्रो होलिडेजका सुमन लाल श्रेष्ठ र सिटी कनेक्ट ट्राभल्स एण्ड टुर्सकी स्वस्तिका प्रधान रहेका छन् ।
अनुभवी र युवा पर्यटन व्यवसायीहरूको समिश्रण रहेको यो प्यानलले पर्यटन क्षेत्रको नीतिगत सुधार, व्यावसायिक हकहितको संरक्षण र नाट्टालाई समयसापेक्ष आधुनिक बनाउने संकल्प गरेको छ । निर्वाचनको मिति नजिकिँदै गर्दा विभिन्न ट्राभल एजेन्सीका सञ्चालकहरू सम्मिलित यो समूहले देशभरका सदस्य व्यवसायीहरूसँगको भेटघाट र चुनावी प्रचारप्रसारलाई तीव्रता दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन

ट्रेन्डिङ
खबरमुकाम






