काठमाडौं । धनगढीका एक व्यवसायीले पाँच तले घरको छतबाट हामफालेर आत्महत्या गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीले धनगढी उपमहानगरपालिकाको बस पार्कस्थित सन्दीप स्टोरका सञ्चालक ५३ वर्षीय सन्तोष अग्रवालले आत्महत्या गरेको जनाएको छ।
प्रहरीका अनुसार बुधवार बिहान ११ बजेर २६ मिनेटमा उनले छतबाट हामफालेको थिए । घाइते अवस्थामा भुइँमा बजारिएका उनको उपचारका लागि धनगढीकै नवजीवन अस्पतालमा लगिएको थियो ।
अस्पताल पुर्याएपछि उनलाई चिकित्सकले मृत घोषणा गरेको हो । अहिले अग्रवालको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ । घटनाबारे प्रहरी अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






