Dark

घरको पाँच तलाबाट हामफालेका व्यवसायीको मृत्यु

काठमाडौं । धनगढीका एक व्यवसायीले पाँच तले घरको छतबाट हामफालेर आत्महत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीले धनगढी उपमहानगरपालिकाको बस पार्कस्थित सन्दीप स्टोरका सञ्चालक ५३ वर्षीय सन्तोष अग्रवालले आत्महत्या गरेको जनाएको छ।

प्रहरीका अनुसार बुधवार बिहान ११ बजेर २६ मिनेटमा उनले छतबाट हामफालेको थिए । घाइते अवस्थामा भुइँमा बजारिएका उनको उपचारका लागि धनगढीकै नवजीवन अस्पतालमा लगिएको थियो ।

 

अस्पताल पुर्‍याएपछि उनलाई चिकित्सकले मृत घोषणा गरेको हो । अहिले अग्रवालको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ । घटनाबारे प्रहरी अनुसन्धान गरिरहेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै