Dark

बागमती प्रदेश सरकारले पर्यटन प्रवर्धनमा कुनै कन्जुस्याइँ गर्नु हुँदैनः  राजेन्द्र पाण्डे   

बागमती प्रदेशको पर्यटन प्रवद्र्धन, संवद्र्धनका लागि हामीले संस्कृति तथा पर्यटन मन्त्रालय स्थापना गरेका छौँ । प्रदेशमा साबिकमा उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय रहेकोमा बागमती प्रदेश सरकार मन्त्री परिषद्को निर्णय अनुसार प्रदेश सरकार कार्यविभाजन नियमावली २०७४ (संशोधन सहित) बमोजिम मिति २०७८/०८/१५ गते यस मन्त्रालय स्थापना गरेका हौँ ।

प्रदेशका ऐतिहासिक, सांस्कृतिक, धार्मिक, पुराताङ्खिवक र प्राकृतिक सम्पदाहरुको पहिचान, संरक्षण, प्रवद्र्धन एवम् प्रचारप्रसार मार्फत् राष्ट्रिय अर्थतन्त्रको महङ्खवपूर्ण आधारको रुपमा पर्यावरण अनुकूल पर्यटन उद्योगको विकास गर्न प्रदेश सरकार अग्रसर छ । पर्यटन संस्कृतिको विकास गर्न आवश्यक वातावरण एवम् नीति निर्माण गर्ने तथा पर्यटन उद्योगको लाभ वितरणमा स्थानीय जनतालाई प्राथमिकता दिने सवालमा पनि हामी अगाडि बढिरहेका छौँ ।  प्रदेश पर्यटन ऐन- २०७८ ले पनि यस कुरालाई सम्बोधन गरेको छ । 

बागमती प्रदेशमा तीन ठुला पर्यटकीय केन्द्रहरु स्थापना गरिने छ

अघिल्लो सरकारको समयमा तीनवटा मन्त्रालय एकै ठाउँमा हुँदा पनि यस प्रदेशको पर्यटन प्रवद्र्धनका लागि मनग्ये काम भएका हुन् । ती कति सही र कति बेठिक भए मूल्याङ्कन गर्दै हामीले थप योजनाहरु अघि सारेका हौँ । हामीले बनाएका भ्यूटावरहरु प्रयोग भएनन् भने रमाइलाका लागि बनाइएको रहेछ भन्ने अर्थ लाग्छ, यसैकारण हामीले पर्यटकीय पूर्वाधार निर्माण गर्दा भविष्य पनि सोच्ने नीति अमलम्ब गरेका छौँ । पर्यटकीय स्थलको रुपमा ठाउँको छनौट पनि उत्तिकै महङ्खवपूर्ण छ । काठमाडौँ, पोखरा, सौराहा, लुम्बिनी र सगरमाथाबाहेक अन्य क्षेत्रलाई प्राथामिकता दिन नसकेकोले महसुस गरेरै बागमती प्रदेशमा तीन ठूला पर्यटकीय केन्द्रहरु स्थापना गर्न खोज्दैछौँ । प्रदेश गौरवको योजना अन्तर्गत जिरीमा कृत्रिम ताल निर्माण गर्दैछौँ भने धादिङमा रुवीभ्याली एकीकृत विकास परियोजना र एसियाकै ठूलो नोहक गुफालाई अघि सारेका छौँ । 

१. जिरी तालः

यस योजनाका लागि यस वर्ष १५ करोड रकम विनियोजन (२०७९/०८० को बजेटबाट) गरिसकेका छौँ । जिल्लाको बिगू गाउँपालिकाको लामाबगर हुँदै चीनको सीमा जोड्ने सडक निर्माण तथा स्तरोन्नतिका लागि प्रदेश सरकारले १० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । लामाबगर नाका खुलाएर दोलखा हुँदै रामेछाप, सिन्धुली बर्दिबास र भिटामोडसम्म जोडेर लामाबगर सितामढी चल्ने उत्तर दक्षिण जोडिने प्रमुख मार्गका रुपमा यो सडकलाई विकास गर्ने भएका छौँ ।

२. रुवीभ्याली एकीकृत विकास परियोजनाः

काठमाडौँनजिक भएर पनि बत्तीमुनिको अँध्यारोजस्तो भइरहेको धादिङ जिल्ला र त्यसमा पनि निकै पछाडि रहेको रुवीभ्याली गाउँपालिकालाई पर्यटकीय केन्द्रको रुपमा स्थापना गर्ने उद्देश्यले रुवीभ्याली एकीकृत विकास परियोजना (१० करोड रकम विनियोजित) अगाडि सारेका छौँ । बागमती प्रदेशको १३ जिल्लाका ७४ वटा गाउँपालिकामध्ये विभिन्न सूचकाङ्कका आधारमा रुबीभ्याली गाउँपालिका कम विकसित देखिएकोले प्रदेश सरकारले रुबीभ्याली एकीकृत विकास योजना अगाडि बढाएको हो । यसका लागि रुबीभ्याली जोड्ने बोराङ र लापा जाने आँखुखोला पुल र झर्लाङ पहिरो फेदीमा अर्काे गरी दुईवटा पुल निर्माण पनि गर्दैछौँ । घले राजाहरुको दरबार, मम्बाहरुको सदाचेत, तामाङहरु मुखिया भएको, सिङ्ल, झाँक्रीहरुको पवित्र तीर्थ स्थल रुबीभ्याली गणेश हिमालको काखमा अवस्थित छ । १८०० मिटरदेखि २६०० मिटरको हाराहारीको उचाइमा बस्तीहरु (२३ सय घरधुरी) भएको यस ठाउँमा आँखु खोला, बुम्ला खोला, गणेश हिमाल, पेल्दोर पिक, पाङ्साङ भञ्ज्याङ, सिङ्ला, कालो सेतो दह, गणेश कुण्ड, पेन्तिस्या खोला, गोर्गेन खोला, पारगङ तातोपानी, पेन्तिस्या तातोपानी, दोङ्देन कुण्ड, दुङ्सेल झरना, गोठेन तीर्थस्थल आदि प्रचुर सम्भावना बोकेका पर्यटकीयस्थलहरु रहेका छन् । 

३. नोहक गुफाः

धादिङको बेनीघाट रोराङ गाउँपालिका– ८ स्थित घाङ्वाङ गाउँमा रहेको नोहक गुफालाई जिल्लाकै मुख्य पर्यटकीयस्थल बनाउने उद्देश्यले त्यहाँसम्म पुग्ने पर्यटन मार्गको स्तरोन्नति (श्री सवेदी एण्ड सिलवाल कन्ट्रक्सन) एवम् यस क्षेत्रको समग्र उत्थानको लागि ९९ करोड ९९ लाख रकम छुट्याएका छौँ । प्रदेश सरकारको ५० प्रतिशत र केन्द्र सरकारको ५० प्रतिशत लगानी रहेनछ । एसियाकै ठूलो यस गुफाभित्र घुम्न ३ घण्टा भन्दा बढी लाग्छ । गुफावरिपरि विभिन्न चेतनामुलक ब्यानर तथा होर्डिङ बोर्ड, चौतारा, शौचालय, खानेपानीको धारा निर्माण थालिएको छ । पृथ्वी राजमार्गको चरौँदीदेखि गोठी भञ्ज्याङसम्म १५ किलोमिटर कच्ची मोटर बाटो र त्यसपछि ३ घण्टाको पैदल दुरीमा पुगिने नोहक गुफाभित्र ४ घण्टा घुम्न सकिन्छ । यस क्षेत्रमा बस्ने तामाङ र चेपाङ जातिको उत्थानका लागि पनि यस योजना हितकर हुने हामीले ठानेका छौँ ।


 

घुमफिर वर्ष र परिवारसहित कर्मचारीलाई पर्यटन काज भनेर १० दिन बिदा

काठमाडौँस्थित कला परिषद्, उपत्यकाकै नेवार समुदायद्वारा स्थापित देवी–देवस्थलहरुमा करोड–करोड रुपैयाँ खर्चिएका छौँ । तामाङ भाषा नेवारी भाषालाई नेपाली भाषापछिको सरकारी कामकाजको भाषा बनाउने भन्ने भाषा आयोगको सिफारिसलाई मान्यता दिएर काम अगाडि बढाउँदैछौँ । यसैगरी, यसै वर्ष प्रदेश सरकारले घुमफिर वर्ष र परिवारसहित कर्मचारीलाई पर्यटन काज भनेर १० दिन छुट्याएका छौँ । कोरोना प्रकोपले धक्का दिएका कारण बागमती प्रदेशभित्रका पर्यटकीय स्थलको प्रचार–प्रसार र प्रवद्र्धन गर्ने उद्देश्यले असोज १० गते सौराहादेखि यो कार्यक्रम सुरु गरेका हौँ । घुमफिर वर्षका अवसरमा बागमती प्रदेशभित्र रहेका सौराहासहित, सैलुङ, मुढे, खाँडादेवी मन्दिर लगायतका स्थानको प्रवद्र्धन हुने हाम्रो विश्वास छ । 

पर्यटन विविधीकरणतर्फ अग्रसर भई ट्रेकिङ, जङ्गल सफारी, बन्जी जम्पिङ, रक क्लाइम्बिङ, हर्स राइडिङ, बफेलो राइडिङ, रािटङ, कृषि मेला, क्यानोइङ, स्काइ साइक्लिङ, प्याराग्लाइडिङ सम्बन्धी योजनाहरु अगाडि सार्दैछौँ । साथै, स्थानीय मेला तथा महोत्सव जस्तैः ठाउँ विशेषका महोत्सवहरु, चौँरीको रगत खाने मेला, गोरु जुधाउने मेला, भीरमौरीको मह काढ्नेजस्ता मेला सम्बन्धी योजनाहरुलाई प्राथमिकतामा राखेका छौँ । पर्यटकहरुका लागि आवश्यक पर्ने खाना उत्पादन गर्न कृषि (अर्गानिक), तथा पशु फार्महरु तथा कपडा र अन्य सामग्रीहरु उपहार तथा कोशेली उत्पादन गर्न घरेलु तथा साना उद्योगहरु स्थापना गर्दैछौँ । प्याराग्लाइडिङ पाइलट तथा बन्जी जम्पिङ, रक क्याइम्बिङ, हर्स राइडिङ, बफेलो राइडिङ, रािटङ, क्यानोइङ, स्काइ साइक्लिङका सहयोगीहरु तयार गर्न तालिम प्रदान गरी आवश्यक जनशक्ति उत्पादन गर्ने नीति लिएका छौँ । पर्यटनलाई गुणस्तरीय, प्रतिस्पर्र्धी नाफामूलक, रोजगारीमूलक र उत्पादनमूलक बनाई पर्यटनलाई पुनर्जीवित गरी पर्यटनबाट लाभ लिन अवस्थामा हामी पुग्नेछौँ ।

यसका लागि, बागमती प्रदेशको हकमा उपत्यकाबाहिर पनि पर्यटकहरु पु¥याउनुपर्ने आवश्यकता महसुस गरी हामीले काम सुरु गरेका हौँ । ‘साइट सिइङ टुर अफ काठमाडौँ भ्याली’ सरह अन्य स्थानलाई महङ्खवका रुपमा अगाडि सार्दैछौँ । बागमती प्रदेशभित्र रहेका ऐतिहासिक गढीलाई समेट्ने गरी सर्किट बनाउने तयारी गरेका छौँ । निर्माणाधीन हिल स्टेसन तथा नमूना पर्यटन गन्तव्यमा एकीकृत पूर्वाधार विकासलाई निरन्तरता दिँदैछौँ । एकीकृत नमूना बस्ती तथा कृषि पर्यटन कार्यक्रम सञ्चालनको योजना अघि बढाएका छौँ । यसमा तीनै तहको सरकारको बराबर उपस्थिति आवश्यक पर्दछ । साथै, सम्भाव्य स्थलहरुको अध्ययन एवम् प्रचारप्रसारमा बजेट अभाव पनि खड्किरहेको छ । सङ्घले ७६ प्रतिशत, बाँकी २४ प्रतिशत बजेट प्रदेश र स्थानीय तहमा बरबरी भाग लाग्छ । निकै ठूलो रकम केन्द्रमा रहँदा पनि यो समस्या निम्तिएको हो । तुलानात्मकरुपमा पछिल्लो ५ वर्षको वास्तविक मूल्याङ्कन पनि हुन आवश्यक देख्छु । 

नेपालमा पर्यटनको इतिहास ८०० वर्षभन्दा पूरानो छ

नेपालमा पर्यटनको इतिहास ८०० वर्षभन्दा (चिनियाँ यात्रीहरुको नेपाल आगमन) पूरानो रहेको देखिन्छ । निश्चय नै १०४ वर्षे राणा शासन कालमा नेपालमा पर्यटनले गति लिएन तर, त्यसपछि पनि कूटनीतिज्ञ र अध्ययन, अनुसन्धानकर्ता बाहेकका विदेशीहरुलाई नेपाल ल्याउन सकिएको थिएन । ३० वर्षे पञ्चायतकालमा पनि नेपालमा पर्यटन क्षेत्रले गति लिएको देखिँदैन । सन् १९९० मा आएको प्रजातान्त्रिक परिवर्तनसँगै नेपाल आउने विदेशी पर्यटकहरुको सङ्ख्याले लाखको आँकडा छुन थालेको हो, पर्यटन क्षेत्र देशको आर्थिक मेरुदण्ड रहेछ भनेर हामीले महसुस गरेका हौँ । नेपाल आउने पर्यटकले गर्ने प्रतिव्यक्ति, प्रतिदिन, दैनिक खर्च र प्रतिदिन, प्रतिव्यक्ति नेपाल बसाई अवधिमा खासै सुधार अझै पनि भएको छैन । बसाई अवधि बढाउने कुरालाई प्राथामिकतामा राख्दै नयाँ नयाँ पर्यटकीय स्थलहरु पनि अघि सार्नुपर्नेछ । 

अर्काेतर्फ, बाह्य पर्यटन सँगसँगै आन्तरिक पर्यटन वृद्धि गर्नतर्फ पनि सचेत हुन आवश्यक छ । गाउँका सामान्य परिवारका मान्छेहरु राराको किनार पुगेर फेसबुकमा फोटो हालिरहेका छन्, यो खुसीको कुरा हो तर उनीहरुलाई नयाँ गन्तव्यमा पु¥याउन सकिरहेका छैनौँ । तिलिचो तालमा गएर सँगै मर्ने, सँगै बाँच्ने कसम खुवाउने रीति बाँधिदिने हो भने तिलिचो तालको प्रवद्र्धन हुन्छ । यस्ता अतिसामन्य कुराहरु पनि हामीले गर्न सकिरहेका छैनौँ । बोल्नेको पीठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन । विदेशतिर ‘स्मोकी माउन्टेन’ भन्दै हुस्सुले ढाकेको डाँडा देखाएर पनि पर्यटक रिझाइरहेका छन्, हामीले हाम्रै हुस्सु–कुहिरोले भरिएका डाँडा पनि देखाउन सकेका छैनौँ । गाउँघरको धामी–झाँक्रीदेखि धान कुटिरहेको ढिकीसम्म पर्यटकीय आकर्षणको कुरा हो, तर हामीले ख्याल राखेका छैनौँ । हामीले हाम्रो प्रचार गर्न सकेका छौँ । 

पर्यटक आकर्षणको विन्दु हिमशृङ्खला मात्रै होइनन्

महङ्खवपूर्ण कुरा के भने, हामीले हाम्रो भौगोलिक अवस्थिति बुझ्नुपर्नेछ । इतिहास हेर्दा नेपालमा अन्तर्राष्ट्रिय पर्यटकको आकर्षणको सुरुवात विन्दु हिमशृङ्खलाहरु नै हुन्, तर यहाँको सम्पदा, संस्कृति, खानपिन र रहनसहनले पनि विदेशीहरुलाई आकर्षित गरिरहेको पाइन्छ । हिमालको एडभेन्चर, एक्सप्लोरेसन र रिसर्चलाई अगाडि सार्दै यहाँका पहाड, चुरे, तराइका फाँट एवम् साहित्य, लोककथा, किम्बदन्तीहरु पनि अगाडि सार्नुपर्नेछ । विदेशीहरुले नेपाल भन्नेबित्तिकै प्रविधिको विकास वा अन्य विकास निर्माण खोजिरहेका छैनन्, यहाँका हिमाल एवम् प्राकृतिक सुन्दरता नै खोजिरहेका छन् । पर्यटकीय पूर्वाधार निर्माण गर्दा यस कुरामा दखल पु¥याउनु भएन ।

 

काठमाडौँलाई एसियाकै महँगो हवाई गन्तव्य बनाउनुहुँदैन

नेपालमा पर्यटन वृद्धि गर्न पूर्वाधार (हवाई तथा सडक पूर्वाधार) नै अभाव र बाधक बनिरहेको यथार्थलाई बुझ्नु अपरिहार्य देख्दछु । एसियाको महँगो हवाई गन्तव्य काठमाडौँ बनेको छ, यसमा विचार पु¥याउनुपर्छ । पर्यटन प्रवद्र्धनका लागि मोबिलिटी सबैभन्दा महङ्खवपूर्ण रहन्छ, यसका लागि गन्तव्यको मार्केटिङ अपरिहार्य कुरा हो । फिक्स्ड खालको प्याकेजभन्दा बढी प्रचार तथा सन्देश दिने खालको मार्केटिङ आवश्यक छ । फिक्स्ड खालको प्याकेज किन्नेभन्दा आफ्नो विचार र रुचि अनुरुप प्याकेज किनेर नेपाल घुम्न आउने पर्यटकको जमात बढी भएको विज्ञहरु बताउनुहुन्छ । भौतिक पूर्वाधारको सुधार र व्यापक मार्केटिङको लक्ष्य लिएर अघि बढ्नुपर्ने देख्छु । होटेलको क्षमतामा वृद्धि, हवाईजहाजको पहुँच वृद्धि, पर्यटकीय क्रियाकलापमा विविधता, तराई, पहाड र हिमाली क्षेत्रका लागि छुट्टाछुट्टै पर्यटक रणनीति कार्यान्वयन लगायतका विषयहरु केन्द्र सरकारको उपस्थिति हुनुपर्ने देख्छु । यसो गर्न सकेमा विश्वका धनाढ्य पर्यटक नेपाल भित्र्याउन सकिन्छ । यसो गर्न सकेमा बागमती प्रदेशको मात्रै होइन समग्र देशकै कुल ग्राह्स्थ उत्पादन बढ्नेछ ।

(बागमती प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेसँगको कुराकानीमा आधारित यो आर्टिकल मुकामको वर्ष १, अंक १ फागुन–चैत्र, २०७९मा प्रकाशित छ)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै