पर्यटक लोभ्याउने तिनजुरे मिल्के जलजलेको प्रकृति र सानो पाथीभरा मन्दिरको संस्कृति 

सञ्जिप तिम्सिना

तेह्रथुमको तीनजुरे मिल्के जलजले (टिएमजे) पाथीभरा मन्दिरले पर्यटकलाई लोब्याउँदै आएको छ । यस क्षेत्र तेह्रथुमको लालीगुराँस नगरपालिका र सङ्खुवासभाको सिमाना पर्छ ।

तेह्रथुम, ताप्लेजुङ, संखुवासभाको सिमानामा रहेको तिनजुरे मिल्के जलजले (टिएमजे) मा चैत बैशाख जेठमा गुराँस फुलेर ढकमक्क हुने गर्दछ तसर्थ यस क्षेत्रले आन्तरिक तथा बाह्य पर्यटनको आगमन हुने गर्दछ ।

पुर्वको इटहरी, धरान, धनकुटा र तेह्रथुमको वसन्तपुर हुँदै (टिएमजे) पुग्न सकिन्छ । इटहरीबाट लगातारको करिब ५ ६ घण्टाको सवारीसाधनको यात्रामा पुगिन्छ । गुराँसको राजधानी भनेर चिनिने यस क्षेत्रमा विश्वमा पाइने ३२ प्रजातिका गुराँसमध्ये २८ प्रजातिका गुराँस आँखै अगाडि देख्न सकिन्छ । तिनजुरे डाँडा समुद्री सतहबाट करिब १७ सय देखि ५ हजार मिटरको उचाइमा पर्दछ ।

गुराँस लगायत यस क्षेत्रमा कुम्भकर्ण, मकालु, अन्नपूर्ण हिमाल र विभिन्न तालतलैयाको दुश्य देख्न सकिन्छ । गुफापोखरी, खोपिङ पोखरी, भूतपोखरी, जलजला पोखरी यहीँ पर्छ । साना हिमालदेखि सभापोखरी, पाँचपोखरी, बाहुलापोखरी यहाँका मुख्य आकर्षका क्षेत्र हुन् ।

पूर्वी नेपालको तेह्रथुमस्थित लालीगुराँस नगरपालिका गुराँस पर्यटनको प्रवेशद्वार मानिन्छन् । तिनजुरेमा अवस्थित आरआर गार्डेन पनि यहीँ पर्छ । पुस, माघ , फागुनमा हिउँ परेको समयमा आन्तरिक तथा पर्यटन रको घुइँचो नै लाग्ने गर्दछ ।

आकाश खुलेसँगै चारैतिर टल्किए रहेको हिमाल र गुराँस फुलेको बेला गुराँस आँखै अगाडि देख्न सकिन्छ । खास गरी गुराँस फुल्ने र हिउँ पर्ने सिजनमा यहाँ पर्यटकहरूको भिड नै लाग्ने गर्छ । तेह्रथुमको जिल्लाको लालिगुराँस नगरपालिकाको तिनजुरे डाँडामा रहेको मन्दिरमा चैत्र र बैसाखमा उभौली पर्ने भएकाले पनि यो सिजनमा तिर्थालु एवं पर्यटकको संख्या बढ्ने गरेको हो । देउराली र पाथिभरा मन्दिरको विचमा अर्को महत्त्वपूर्ण स्थल आरआर बगैंचा रहेको छ ।

तेह्रथुममा प्राकृतिक सम्पदा मात्र नभएर पर्यटकहरुलाई अवलोकन अथवा दर्शन गर्न सकिने धार्मीक स्थलको रुपमा सानो पाथीभरा मन्दिर रहेको छ । उस सानो पाथीभरा मन्दिरको दर्शन गर्ने सिलसिलामा र वनभोज खान आन्तरिक पर्यटन आउने गरेका छन् । मन्दिर टुटे देउरालीको डाँडा तिनजुरेको सिरानमा पर्छ । यहाँबाट मौसम खुलेको बेला मनमोहक डाँडाकाडा र हरियाली पहाड आँखै देख्न सकिन्छ ।

काठमाडौँबाट तिनजरे पाथीभरा मन्दिर क्षेत्रमा घुम्न आएकी तनुजा ओझा भन्छिन्, ‘पैलाको भन्दा अहिले विकास भएको देखियो, यहाँबाट बादल खुलेको बेला देखिने मनोरम स्थलले जनै आनन्द बनायो ।’ फागुनको पहिलो सातामा गुराँस नफुले पनि चैत बैशाखमा गुराँस फुलेर राताम्मै डाँडा काडा देखिने उनले बताइन् ।

तेह्रथुम जिल्लाको सदरमुकाम हो म्याङ्लुङ बजार । विराटनगर, इटहरी, धरान, धनकुटा, हिले, बसन्तपुर, लसुने हुँदै म्याङलुङ्ग बजार सम्म पुग्नको लागि स्थानिय बस वा ट्याक्सीको माध्यमबाट जान सकिन्छ ।

यो नगरपालिकाको पूर्व सिमाना पिङगुवा खोलाले छुट्टयाएको छ भने पश्चिम सिमाना धनकुटा जिल्लाको पानी ढलो डाँडाले छुट्टयाएको छ । त्यस्तै उत्तरी सिमाना सङ्खुवासभा–तेह्रथुमको सानो खोच तथा पानी ढलो डाँडाले छुट्टयाएको छ । यस क्षेत्रलाई पर्यटन मन्त्रालयले पर्यटकीय नयाँ गन्तव्यको सूचीमा समावेश गरेको छ । तल तस्बिरमा गुराँस फुलेको देखिएको फोटो २०८० बैशाख महिनाको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै