सिटिजन्स बैंकको १८ औं वार्षिक साधारण सभा सम्पन्न

 

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको १८औं वार्षिक साधारण सभा बैंक सञ्चालक समितिका अध्यक्ष प्रवल जङ्ग पाण्डेको अध्यक्षतामा आज मिति २०८१ साल कार्तिक महिना १२ गते, सोमबार, अमृतभोग, कालिकास्थान, डिल्लीबजार, काठमाडौमा सम्पन्न भएको छ । 
यस अवसरमा आ.व. २०८०/८१ को संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित गरिएको छ ।

बैंकको लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ आषाढ मसान्तको एन.एफ.आर.एस (NFRS)  बमोजिम तयार गरिएको वासलात, आ.व. २०८०/८१ को नाफा नोक्सानीको हिसाव तथा नगद प्रवाह विवरण लगायतका एकीकृत (Consolidated) वित्तीय विवरणहरु सभामा छलफल भई स्वीकृत भएको छ ।

त्यसै गरी साधारण सभाले गत आर्थिक वर्ष २०८०/८१को वितरण योग्य मुनाफाबाट २०८१ आषाढ मसान्तको चुक्तापुँजी रु. १४,२००,९७४,००६/- को ४ प्रतिशतले  हुने रु ५६,८०,३८,९६०/२३ बोनस शेयर र कर प्रयोजनको लागि नगद लाभांश ०.२१ प्रतिशतले हुने रु २,९८,९६,७८७/३८ सहित जम्मा रु ५९,७९,३५,७४७/६१ लाभांश दिने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ । 

सभाका अध्यक्षले शेयरधनीहरुबाट प्राप्त सुझाव अनुसार बैंकको काम कारवाही संचालन गर्ने र भविष्यमा बैंकले अझबढी प्रगति हाँसिल गर्न सक्ने विश्वास सभालाई गराए । साथै संस्थागत सुशासन तथा अनुपालना (Corporate Governmence and Cornpliance)  को स्तरलाई उच्चतम राख्ने विषयमा बैंकले सदैव महत्व दिँदै आएको र आगामी दिनहरुमा समग्र बैंकको संस्थागत सुशासन तथा अनुपालनाको अवस्थालाई थप सवल तथा सुदृढ बनाउँदै जाने तर्फ बैंक प्रतिबद्घ रहेको कुरा जानकारी गराए।

यसका साथै शेयरधनी तथा बैंकसँग सम्बन्धित सम्पूर्ण सरोकार पक्षहरुले पुर्याएको सहयोगको लागि धन्यवाद प्रकट गर्दै यस्तै सहयोग तथा सदस्यता निरन्तर प्राप्त हुने आशा प्रकट गरे ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६२ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १८ लाख भन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै