काठमाडौं । संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाको बैठक आजको लागि पनि बोलाइएको छ । आगामी आर्थिक वर्षका लागि पेस भएको वार्षिक बजेटका विषयलाई निरन्तरता दिन आज बिहान ११ बजेका लागि बैठक तय भएको हो ।
आजको बैठकमा आगामी आर्थिक वर्षका लागि प्रस्तावित विभिन्न मन्त्रालय तथा संवैधानिक निकायहरूको बजेटमाथि विस्तृत छलफल गरिनेछ ।कार्यसूचीअनुसार विज्ञान, प्रविधि तथा नवप्रवर्तन, कानून, न्याय तथा संसदीय मामिला, पूर्वाधार विकास, गृह, ऊर्जा, जलस्रोत तथा सिँचाइ, परराष्ट्र, अर्थ तथा रक्षा मन्त्रालयका बजेट शीर्षकमाथि सांसदहरूले धारणा राख्नेछन् । साथै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपति कार्यालय र उपराष्ट्रपति कार्यालयका विनियोजन प्रस्तावहरू पनि छलफलको विषय बन्नेछन् ।
बैठकमा केही सांसदहरूले सम्बन्धित मन्त्रालयहरूको बजेट कटौती प्रस्ताव समेत पेश गर्ने कार्यक्रम छ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय तथा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको बजेट रकम एक रुपैयाँमा सीमित गरिनुपर्ने प्रस्ताव प्रस्तुत गरिनेछ । पूर्वाधार विकास मन्त्रालयको बजेट घटाउन सम्बन्धित सांसदहरूले छुट्टाछुट्टै संशोधन प्रस्ताव दर्ता गरेका छन् ।
त्यसैगरी गृह मन्त्रालयको बजेट रकम घटाई एक रुपैयाँ कायम गर्नुपर्ने प्रस्ताव पनि संसद्मा प्रस्तुत हुने कार्यसूचीमा समावेश गरिएको छ ।
बैठकको अन्तिम चरणमा प्रतिनिधिसभाका पूर्व सदस्य मंगल प्रसाद गुप्ताको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक प्रस्ताव पेश गरिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






