काठमाडौँ । पर्यटनको मुख्य सिजन लागेसँगै विदेशी सहित आन्तरिक पर्यटकको चहलपहल तीव्र बढेको हो । यसले पर्यटन व्यवसायमा निकै ठूलो उत्साह थपेको छ ।
सन् २०२३ को जनवरीदेखि अक्टोबरसम्ममा करिब ८ लाख विदेशी पर्यटक नेपाल भित्रिइसकेका छन् । त्यसो त पछिल्लो अक्टोबर महिनामा मात्र एक लाख १७ हजारभन्दा बढी भित्रिएर पर्यटक आगमनमा हालसम्मकै उच्च रेकर्ड कायम भएको छ ।
नेपालको पर्यटन व्यवसाय कोभिड–१९ पूर्वकै अवस्थामा फर्किसकेको नेपाल पर्यटन बोर्डले जनाएको छ । सन् २०१९ को तुलनामा गत अक्टोबरमा १०४ प्रतिशतले पर्यटक आगमन रिकभरी भएको पर्यटन बोर्डका प्रवक्ता मणिराज लामिछाने बताउँछन् ।
सन् २०१९ को अक्टोबरमा १ लाख १३ हजार ८१६ जना विदेशी पर्यटक नेपाल भित्रिएका थिए ।
सन् २०२३ मा १० लाख पर्यटक भित्र्याउने सरकारी लक्ष्य छ । अक्टोबरसम्ममा करिब ८ लाख पर्यटक भित्रिसकेकोमा बाँकी नोभेम्बर र डिसेम्बरमा २ लाख पर्यटक सहजै आउने प्रवक्ता लामिछानेको भनाइ छ ।
‘हामी नोभेम्बरको करिब अन्तिममा छौँ । यो महिना पनि एक लाखभन्दा बढी पर्यटक आगमन भएको अनुमान छ । यद्यपि पूर्ण तथ्याङ्क आइसकेको छैन,’ लामिछानेले भने, ‘डिसेम्बरमा थप एक लाख पर्यटक सहजै भित्रिने हाम्रो अनुमान छ । यसो भयो भने १० लाखको सरकारी लक्ष्य सहजै पार गर्छौँ ।’
पर्यटन पूर्वाधार, पर्यटन गन्तव्यहरूको पहिचान र प्रचारप्रसारसँगै आकर्षणका नीति अपनाउन सके अझै पर्यटक बढ्ने प्रवक्ता लामिछानेको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- डाटा सेन्टरको विरोध गर्ने समुदायले ठूलो गल्ती गरिरहेका छन् : ट्रम्प
- आर्थिक संकट गहिरिँदै गएपछि इरानमा इन्धनको मूल्य बढाउने तयारी
- आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी
- सन नेपाल लाइफद्वारा मधेश प्रदेशका एडिएम तथा इमर्जिङ सन क्लब अभिकर्तालाई सम्मान
- कोषको कार्यकारी निर्देशक कार्कीको पदबहाली
- नेपाल बैंकद्वारा नाडा अटो शो २०२६ लक्षित गर्दै आकर्षक अटो लोन अफर सार्वजनिक
- ‘नाडा अटो शो २०२६’ को स्टल निर्माण तिव्र बन्दैछन् २०० बढी स्टल
- १८औं नाडा अटो शोका प्रमुख आकर्षणमध्ये जी१ ह्युमनोइड रोबोट र गो २ क्वाड्रुपेड रोबोट पनि



ट्रेन्डिङ
खबरमुकाम







