काठमाडौँ । कैलालीमा कुटपिटबाट एक युवकको मृत्यु भएको घटनामा १४ जना पक्राउ परेका छन् । मंगलबार मध्यराति साढे १२ बजेतिर घोडाघोडी नगरपालिका २ का २६ वर्षीय मोहन अधिकारीमाथि एक समूहले कुटपिट गरेको थियो ।
कैलालीका प्रहरी प्रवक्ता इन्स्पेक्टेर सन्तोष बस्यालका अनुसार अधिकारी मंगलबार लम्कीचुहा नगरपालिका ९ स्थित डिल्ली कोइरालाको विवाहमा गएका थिए ।
त्यहाँ एक व्यक्तिले उनीसँग चुरोट मागेका थिए । इन्स्पेक्टर बस्यालका अनुसार ती युवकलाई मोहनले चुरोट नदिएपछि विवाद सुरू भएको थियो । त्यही निहुँमा चुरोट माग्ने युवकको समूहले कोइरालामाथि कुटपिट गरेका थिए ।
‘उनीहरू धेरै संख्यामा थिए । मदिराले लठ्ठ थिए । मोहनका साथीहरू भने धेरै रहेनछन् । त्यसैले उनीमाथि त्यो समूहले निर्घात कुटपिट गरेछ,’ इन्स्पेक्टर बस्यालले भने ।
कुटपिटबाट गम्भीर घाइते भएका मोहनको उपचारका क्रममा टीकापुर अस्पतालमा आज बिहान ७ः३५ बजे मृत्यु भएको हो । त्यसअघि उनलाई लालरत्न अस्पतालमा लगिएकोमा त्यहाँ उपचार हुन नसकी कोहलपुर मेडिकल कलेज लगिएको थियो । कोहलपुरबाट टीकापर अस्पताल पुर्याइएकोमा डाक्टरले मृत घोषणा गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- कांग्रेसको आधिकारिकता विवाद फेरि सर्वोच्चमा, महाधिवेशन रोक्न देउवा र खड्काको रिट
- गरिमा चौधरी हत्या प्रकरणमा किशोरको बयानको भिडियो सार्वजनिक गर्ने प्रहरी पक्राउ
- लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनको सिफारिस, तीन नयाँ मन्त्री थपिँदै
- कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
- डाटा सेन्टरको विरोध गर्ने समुदायले ठूलो गल्ती गरिरहेका छन् : ट्रम्प
- आर्थिक संकट गहिरिँदै गएपछि इरानमा इन्धनको मूल्य बढाउने तयारी
- आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी
- सन नेपाल लाइफद्वारा मधेश प्रदेशका एडिएम तथा इमर्जिङ सन क्लब अभिकर्तालाई सम्मान



ट्रेन्डिङ
खबरमुकाम







