कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । मुख्यमन्त्री कार्कीको पक्षमा नेकपा एमालेका ४० र नेपाली कम्युनिस्ट पार्टीका १७ गरी ५७ प्रदेशसभा सदस्यले मतदान गरेका छन् ।

त्यस्तै, विपक्षमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्यले मतदान गरेका छन् । कांग्रेसका २९ प्रदेशसभा सदस्य रहेकामा विपक्षमा २२ मत परेको छ ।

कोशी प्रदेशसभामा राप्रपाका सभामुखसहित पाँच सदस्य छन् । उनीहरूले मतदानमा भाग लिएनन्। जनता समाजवादी पार्टीकी एक मात्र प्रदेशसभा सदस्य निर्मला लिम्बू भने बैठकमा उपस्थित भइनन् ।

९३ सदस्यीय कोशी प्रदेशसभामा एक जना सदस्यले राजीनामा दिएपछि हाल ९२ सदस्य छन् । आजको बैठकमा भने ८३ जना प्रदेशसभा सदस्य उपस्थित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै