बलेवा । बागलुङ बजारमा संवेदनशील खाद्य पदार्थको आधारभूत परीक्षण गर्न सकिने गरी खाद्य प्रयोगशाला स्थापनाको पहल थालिने भएको छ । बागलुङ नगरपालिका उपभोक्ता हित संरक्षण समितिको बैठकले प्रयोगशाला स्थापनाका लागि आवश्यक पहल गर्ने निर्णय गरेको हो ।
पानी, दूध, तेललगायतका पदार्थको आधारभूत परीक्षण गर्न मिल्ने प्रयोगशाला स्थापनाका लागि आवश्यक सहयोग गर्न बागलुङ नगर कार्यपालिकालाई अनुरोध गर्ने निर्णय गरिएको समितिका संयोजक तथा नगरउपप्रमुख राजु खड्काले बताए । प्रयोगशाला स्थापनापछि आधारभूत खाद्य पदार्थको नियमन सहज हुने उनको धारणा छ । प्रयोगशालाको अभावमा अनुगमनका क्रममा अखाद्य वस्तु बिक्री वितरण गर्नेलाई कारबाही गर्न कठिन भएको उपप्रमुख खड्काले बताए ।
चिनीको मूल्य घटेको भए पनि उपभोक्ताले चर्को मूल्य तिर्नुपरेको भन्दै तत्काल मूल्य समायोजन गरी बिक्री वितरण गर्न उद्योग वाणिज्य सङ्घमार्फत अनुरोध गर्ने र अनुगमनलाई निरन्तरता दिने निर्णय गरिएको छ ।
बागलुङ उद्योग वाणिज्य सङ्घले सञ्चालन गर्न थालेको बागलुङ महोत्सवमा रहने खाद्यान्नको कक्षको नियमित अनुगमन र खाद्य स्वच्छताका लागि नियमन गर्ने बैठकले निर्णय गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- विश्व तेक्वान्दो च्याम्पियनसिपमा नेपाली खेलाडीको शानदार प्रदर्शन, सरकारी प्रोत्साहन भने खोइ ?
- रसुवा बाढी प्रभावित क्षेत्र तीन महिनाका लागि विपद् सङ्कटग्रस्त घोषणा
- रसुवा बाढी प्रभावितप्रति नाइमाको दुःख व्यक्त
- रसुवा बाढी प्रभावितको उद्धार र राहतमा तीव्रता दिने सरकारको निर्णय
- रसुवागढी बाढी प्रभावितलाई नेपाल टेलिकमको निःशुल्क सेवा
- नेपाल टेलिकमले ल्यायो आउटबाउन्ड आईभीआर सेवा
- सामसङका ग्यालेक्सी जेड फोल्ड८ र फ्लिप८सहित नयाँ स्मार्टवाच नेपालमा उपलब्ध
- नाडा अटो शोको पहिलो दिन ३० हजारभन्दा बढी दर्शक



ट्रेन्डिङ
खबरमुकाम







