काठमाडौं । रेसिङ अटोमोबाइल्सले अंग्रेजी नयाँवर्ष २०२४ को अवसरमा आफ्ना ग्राहकहरुका लागि बम्पर योजना सार्वजनिक गरेको छ । यस अन्तर्गत नयाँवर्षको अवसरमा गाडी खरिद गर्ने हरेक ग्राहकलाई एक वर्षसम्म नै इन्धन उपहारमा दिने सो अटोमोबाइल्सले जनाएको हो ।
बम्पर योजना अन्तर्गत अंग्रेजी नयाँ वर्ष सन २०२४ शुरुहुने दिन (पुस १५ गते राती १२ बजे) देखी ३० दिनसम्म सो अटोमोबाइल्स मार्फत नयाँ तथा पुराना जुनसुकै गाडी खरिद गर्ने ग्राहकले पनि सन् २०२४ भरि नै हरेक महिना इन्धन खरिदको लागि २ हजार २४ रुपयाँ प्राप्त गर्ने छन । यस्तो नगद उपहारको अलावा हरेक ग्राहकले आकर्षक गिफ्ट ह्याम्पर समेत प्राप्त गर्ने अटोमोबाइल्सका अध्यक्ष रुद्र ढुङ्गेलले जानकारी दिएका छन ।
उनका अनुसार यस्तो सुबिधा र उपहार प्राप्त गर्न खरिदकर्ताले तोकिएको समय भित्र प्रतक्ष रुपमा अटोमोबाइल्सको सो रुम तथा बिक्री कार्यालयमा उपस्थित भएर वा कुनैपनि डिजिटल भुक्तानी मार्फत गाडी बुकिंग गरेको हुनुपर्ने छ । कम्तिमा २५ हजार रकम बुझाएर गाडी बुकिंग गर्ने ग्राहक यस्तो उपहार र सुबिधाको हकदार हुनेछन ।
सबै प्रकारका नयाँ तथा पुराना गाडीहरुको बिक्री–वितरण गर्दै आएको रेसिङ अटोमोबाइल्स कलंकी भाटभटेनीदेखी २०० मिटर पुर्बतर्फ रेसिङ्ग बजारमा रहेको छ। रेसिङ अटोमोबाइल्सले सुलभ मुल्यमा ग्राहकको रोजाई अनुसारका सबै प्रकारका नयाँ तथा पुराना गाडीहरु उपलब्ध गराएर गाडीका पारखी र आम ग्राहक बीच लोकप्रियता हाँसिल गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- रसुवा बाढी प्रभावितप्रति नाइमाको दुःख व्यक्त
- रसुवा बाढी प्रभावितको उद्धार र राहतमा तीव्रता दिने सरकारको निर्णय
- रसुवागढी बाढी प्रभावितलाई नेपाल टेलिकमको निःशुल्क सेवा
- नेपाल टेलिकमले ल्यायो आउटबाउन्ड आईभीआर सेवा
- सामसङका ग्यालेक्सी जेड फोल्ड८ र फ्लिप८सहित नयाँ स्मार्टवाच नेपालमा उपलब्ध
- नाडा अटो शोको पहिलो दिन ३० हजारभन्दा बढी दर्शक
- मोटोरोला एज ७० फ्युजन नेपाली बजारमा, मूल्य ६९ हजार ९९९ रुपैयाँ
- स्कोडाले नेपालमा नयाँ जेनेरेसन कोडियाक सार्वजनिक गर्यो



ट्रेन्डिङ
खबरमुकाम







