नेपाल लाइफ इन्स्योरेन्सले प्रोफेशनल एजुकेटर्स र युनिग्लोब हायर सेकेन्डरी स्कुलमा लगानी गर्ने भएको छ ।
साउन ६ गते सम्पन्न सम्झौतामा कम्पनीकातर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र प्रोफेसनल एडुकेटर्स लिमिटेडका कार्यकारी अध्यक्ष प्रडा खगेन्द्र प्रसाद ओझाले उक्त सम्भौता पत्रमा हस्ताक्षर गरेका छन् । कम्पनीले प्रोफेसनल एडुकेटर्समा ७३ करोड ७२ लाख ८९ हजार ६०० रुपैयाँ लगानी गरी ३५.३२ प्रतिशत स्वामित्व र युनिग्लोब हायर सेकेन्डरी स्कुलमा ६० करोड रुपैयाँ लगानी गरी ४७.६२ प्रतिशत स्वामित्व प्राप्त गर्नेछ ।
उक्त अवसरमा कम्पनीका सञ्चालक समितिका अध्यक्ष गोबिन्द लाल संघईले नेपाल लाइफले नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणले जारी गरेको लगानी सम्बन्धी निर्देशिकाको अधिनमा रही लगानी विविधिकरणमा ध्यान दिइरहेको र लगानी विविधिकरण गर्दै जाने क्रममा शिक्षा क्षेत्रलाई पनि प्राथमिकतामा राखेको कुरा बताए ।
शिक्षा क्षेत्र राष्ट्रिय महत्वको क्षेत्र रहेको र यस क्षेत्रमा उदाहरणीय कार्य गर्न सक्दा राम्रो प्रतिफलका साथै राष्ट्र प्रति योगदान पुग्न जाने र कम्पनीप्रति पनि आम नागरिकको थप विश्वास प्राप्त हुने आशाका साथ कम्पनीले यो सम्झौता गरेको उनले बताए ।
उक्त अवसरमा कम्पनीका सञ्चालक समितिका सदस्य एवं लगानी समितिका संयोजक कमलेश कुमार अग्रवाल तथा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले जीवन बीमा बजारमा महत्वपूर्ण भुमिका निर्वाह गर्दै आएको कम्पनीले लगानी विविधिकरणलाई केन्द्रविन्दुमा राखेको र यसैको शुरुवात स्वरुप शिक्षा क्षेत्रको लिडरको रुपमा स्थापित संस्थामा लगानी गर्ने योजना बनाएको बताए ।
कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयालले जीवन बीमा क्षेत्रको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी र शिक्षा क्षेत्रको ख्याति प्राप्त संस्था एउटै बिन्दुमा उभिन सहयोग गर्ने सबै सरोकारवालाहरुलाई धन्यवाद दिए ।
प्रोफेसनल एडुकेटर्सका कार्यकारी अध्यक्ष प्राडा खगेन्द्र प्रसाद ओझाले शिक्षा र जीवन बीमा क्षेत्रका मार्केट लिडर एकसाथ भएर काम गर्न आफू कटिबद्ध भएको बताए ।
लगानी विविधिकरणको रणनीतिलाई मूर्तता प्रदान गर्ने उद्धेष्यले उक्त सम्झौता भएकोे कम्पनीले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- केन्द्रकै निर्देशनमा चुनाव गराएको भक्तपुर रेडक्रसको जिल्ला समिति भङ्ग, तदर्थ समिति गठन, रेडक्रसमा भाँड भैलो
- लैङ्गिक तथा यौनिक अल्पसंख्यकको गाइजात्रा स्थगित
- बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजमा निःशुल्क उपचार
- स्काईवेलप्रति अवलोकनकर्ताको चासो, ५० लाखभन्दा कम मूल्यमा लन्च भएको सबैभन्दा लामो ईभी भएको प्रतिक्रिया
- नेपाल–चीन सीमाक्षेत्रमा बाढीको कहर, केरुङमा ३ जनाको मृत्यु र २६५ सम्पर्कविहीन
- रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दै
- भोटेकोशी र त्रिशूली बाढी प्रभावितका लागि आईएफआरसीले १९ करोड सहयोग गर्ने
- रसुवा बाढीपछि खोज तथा उद्धार तीव्र, विभिन्न जिल्लामा १६२ शव फेला



ट्रेन्डिङ
खबरमुकाम







