रसुवा बाढीपछि खोज तथा उद्धार तीव्र, विभिन्न जिल्लामा १६२ शव फेला

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीपछि खोज तथा उद्धार कार्य तीव्र पारिएको नेपाल प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बाढीपछि विभिन्न जिल्लामा हालसम्म १६२ वटा शव फेला परेका छन् । रसुवामा २, नुवाकोटमा १२, धादिङमा २७, चितवनमा ६४, गोरखामा २०, तनहुँमा ९, नवलपरासी पूर्वमा २६ र नवलपरासी पश्चिममा २ वटा शव फेला परेको प्रहरीले जनाएको छ ।

यस्तै, बाढीमा परी घाइते भएका ४१ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार त्रिवि शिक्षण अस्पतालमा २० जना, त्रिशूली अस्पतालमा ९ जना, ट्रमा सेन्टरमा ४ जना, वीर अस्पतालमा ३ जना, नर्भिक अस्पतालमा ३ जना, वीरेन्द्र सैनिक अस्पतालमा १ जना र ग्रिन सिटी अस्पतालमा १ जनाको उपचार भइरहेको छ ।

प्रहरीका अनुसार आज बिहान ५ बजेसम्म बाढीका कारण प्रभावित विभिन्न प्रहरी कार्यालयका २८ जना प्रहरी कर्मचारी सम्पर्कविहीन छन् ।

बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि ३ हजार ३१८ प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै