भक्तपुर । नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालयकै निर्देशनअनुसार निर्वाचन सम्पन्न गरेको भक्तपुर जिल्ला शाखाको कार्यसमिति भङ्ग गरी नयाँ तदर्थ समिति गठन गरिएको भन्दै विवाद उत्पन्न भएको छ ।
भक्तपुर जिल्ला शाखाका पदाधिकारीहरूले केन्द्रीय कार्यालयले २०८० कात्तिक २२ गते पठाएको पत्रमा जिल्ला शाखाको निर्वाचन गर्न निर्देशन दिएको र त्यसपछि २०८० माघ १० गते अर्को पत्र पठाएर निर्वाचन अधिकृतसमेत तोकी २०८० फागुन मसान्तभित्र निर्वाचन सम्पन्न गर्न पत्राचार गरेको रेडक्रस केन्द्रले हाल निर्वाचन नै वैधानिक नभएको भन्दै अर्को समिति गठन गर्नु अचम्म भएको जानकारहरू बताउँछन् ।
उक्त निर्देशनअनुसार भक्तपुर जिल्ला शाखाले २०८० फागुन ७ गते नै निर्वाचन सम्पन्न गरेको थियो । केन्द्रले तोकेको समय सीमाभित्रै निर्वाचन सम्पन्न हुँदाहुँदै अहिले माघ मसान्तभित्र निर्वाचन नगरेको भन्ने आधार देखाएर जिल्ला समिति भङ्ग गरिनु भक्तपुर रेडक्रसलाई डुबाउने खेल भएको जानकारहरू बताउँछन् ।
जिल्ला शाखाका पदाधिकारीहरूका अनुसार हाल भक्तपुरमा समानान्तर समिति सक्रिय रहेको अवस्थामा केन्द्रीय कार्यालयले निर्वाचित जिल्ला कार्यसमिति भङ्ग गरी अर्को तदर्थ समिति गठन गरेको छ । उनीहरूले यस निर्णयलाई केन्द्रकै पूर्व निर्देशनसँग बाझिने र विधि तथा प्रक्रिया विपरीत भएको बताएका छन् ।
भक्तपुर जिल्ला शाखाका सरोकारवालाले केन्द्रले आफैँ दिएको निर्देशनअनुसार सम्पन्न भएको निर्वाचनलाई बेवास्ता गर्दै समिति भङ्ग गर्नु अन्यायपूर्ण भएको भन्दै निर्णय पुनर्विचार गर्न माग गरेका छन् ।
यस्तै भक्तपुरमा निर्वाचन पश्चात् पनि केन्द्रले अर्को समिति बनाएर पठाएको भन्दै २०८० मा नै रेडक्रस कब्जा गर्न आएका टोलीले हाल रेडक्रस कब्जा गरेको अवस्था रहेको छ । न कुनै समितिमा सक्रिय भएर कार्य गरेका न वडा देखि नगर हुँदै प्रतिनिधि आएर निर्वाचित भएका उनीहरूबाट रेडक्रसले कुनै अपेक्षा गर्न नसक्ने जानकारहरू बताउँछन् ।
सत्ता र सक्तीका भरमा भक्तपुर रेडक्रस कब्जा गर्नुको सट्टा नियमित प्रक्रियाबाट रेडक्रसमा निर्वाचित भएर आएको भए उत्तम हुने थियो । मानवीय सेवामा सक्रिय रेडक्रसमा भएका अश्व भाविक क्रियाकलापले रेडक्रस भक्तपुरको भविष्य खतरामा परेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- केन्द्रकै निर्देशनमा चुनाव गराएको भक्तपुर रेडक्रसको जिल्ला समिति भङ्ग, तदर्थ समिति गठन, रेडक्रसमा भाँड भैलो
- लैङ्गिक तथा यौनिक अल्पसंख्यकको गाइजात्रा स्थगित
- बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजमा निःशुल्क उपचार
- स्काईवेलप्रति अवलोकनकर्ताको चासो, ५० लाखभन्दा कम मूल्यमा लन्च भएको सबैभन्दा लामो ईभी भएको प्रतिक्रिया
- नेपाल–चीन सीमाक्षेत्रमा बाढीको कहर, केरुङमा ३ जनाको मृत्यु र २६५ सम्पर्कविहीन
- रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दै
- भोटेकोशी र त्रिशूली बाढी प्रभावितका लागि आईएफआरसीले १९ करोड सहयोग गर्ने
- रसुवा बाढीपछि खोज तथा उद्धार तीव्र, विभिन्न जिल्लामा १६२ शव फेला



ट्रेन्डिङ
खबरमुकाम






