काठमाडौं । प्रभु बैंक लिमिटेडको शतप्रतिशत स्वामित्वमा सञ्चालित प्रभु स्टक मार्केट लिमिटेड औपचारिक रुपमा संचालमा आएको छ । प्रभु बैक लिमिटेड, सञ्चालक समितिका अध्यक्ष लिला प्रकाश सिटौलाले बुधबार एक समारोहका बीच कारोबार सञ्चालनको औपचारिक उद्घाटन गरेका हुन् ।
सो कार्यक्रमा शुभकामना मन्तब्य दिँदै उनले प्रभु बैंकको सहायक कम्पनीको रूपमा स्थापित यस कम्पनीले आगामी दिनमा शेयर कारोवारसँग सम्बन्धित सेवा सहज रूपमा दिने विश्वास व्यक्त गरे । उनले व्यावसायिक सेवा प्रदान गर्दै पूँजी परिचालन तथा नेपालको पूँजी बजारको विकास आफ्नो तर्पmबाट केही योगदान गर्ने कार्य प्रभावकारी रूपमा प्रभु स्टक मार्केट लिमिटेडले सफलता पाउन सकोस् भनी शुभकामना समेत व्यक्त गरेका छन् ।
सोही कार्यक्रका विशेष अतिथि प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले प्रभु बैंकको सहायक कम्पनीको रूपमा अर्को एउटा संस्था स्थापित भएकाले खुसी लागेको भन्दै शुभकामना व्यक्त गरे । साथै, प्रभु स्टक मार्केट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत भीष्मप्रसाद उप्रेतीले उपस्थित सबैलाई धन्यवाद दिंदै ब्रोकर कम्पनीको रुपमा स्थापित यस संस्थाले धितोपत्र खरिदबिक्री सम्बन्धी सम्पूर्ण सेवाहरू एकै ठाँउबाट सरल र सहज रूपमा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।
बुद्धनगर – १०, नयाँबानेश्वर काठमाण्डौमा केन्द्रिय कार्यालय रहेको यस कम्पनीको अधिकृत तथा चुक्ता २० करोड रुपैयाँ रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- केन्द्रकै निर्देशनमा चुनाव गराएको भक्तपुर रेडक्रसको जिल्ला समिति भङ्ग, तदर्थ समिति गठन, रेडक्रसमा भाँड भैलो
- लैङ्गिक तथा यौनिक अल्पसंख्यकको गाइजात्रा स्थगित
- बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजमा निःशुल्क उपचार
- स्काईवेलप्रति अवलोकनकर्ताको चासो, ५० लाखभन्दा कम मूल्यमा लन्च भएको सबैभन्दा लामो ईभी भएको प्रतिक्रिया
- नेपाल–चीन सीमाक्षेत्रमा बाढीको कहर, केरुङमा ३ जनाको मृत्यु र २६५ सम्पर्कविहीन
- रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दै
- भोटेकोशी र त्रिशूली बाढी प्रभावितका लागि आईएफआरसीले १९ करोड सहयोग गर्ने
- रसुवा बाढीपछि खोज तथा उद्धार तीव्र, विभिन्न जिल्लामा १६२ शव फेला



ट्रेन्डिङ
खबरमुकाम







