काठमाडौँ । नेपाल बीमा प्राधिकरणको आयोजनामा मिति २०८१ साल असोज २१ गतेदेखि २३ गतेसम्म काठमाडौंमा आयोजना गर्न तय भएको एसियन फोरम अफ इन्स्योरेन्स रेगुलेटर्सको वार्षिक बैठक तथा वार्षिक सम्मेलन हाललाई स्थगित गरिएको छ ।
हालैको अविरल वर्षाका कारण नेपालका विभिन्न स्थानमा बाढी तथा पहिरोबाट असहज अवस्था सिर्जना भएकाले निर्धारित मितिमा बैठक तथा सम्मेलन गर्न असहज हुने भनी एसियन फोरम अफ इन्स्योरेन्स रेगुलेटर्सको सचिवालयबाट हाललाई कार्यक्रमहरू स्थगित गर्न अनुरोध भएको हुँदा विदेशी पाहुनाहरूको सुविधा समेतलाई ध्यानमा राखी उक्त सचिवालयसँगको समन्वयमा अर्को मिति तोक्ने गरी हाललाई कार्यक्रमहरू स्थगित गरिएको हो ।
यही असोज २३ का लागि तय भएको एसियन फोरम अफ इन्स्योरेन्स रेगुलेटर्सको वार्षिक साधारण सभाको भर्चुअल माध्यमबाट हुने सत्र भने सोही मितिमा नै सञ्चालन हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- केन्द्रकै निर्देशनमा चुनाव गराएको भक्तपुर रेडक्रसको जिल्ला समिति भङ्ग, तदर्थ समिति गठन, रेडक्रसमा भाँड भैलो
- लैङ्गिक तथा यौनिक अल्पसंख्यकको गाइजात्रा स्थगित
- बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजमा निःशुल्क उपचार
- स्काईवेलप्रति अवलोकनकर्ताको चासो, ५० लाखभन्दा कम मूल्यमा लन्च भएको सबैभन्दा लामो ईभी भएको प्रतिक्रिया
- नेपाल–चीन सीमाक्षेत्रमा बाढीको कहर, केरुङमा ३ जनाको मृत्यु र २६५ सम्पर्कविहीन
- रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दै
- भोटेकोशी र त्रिशूली बाढी प्रभावितका लागि आईएफआरसीले १९ करोड सहयोग गर्ने
- रसुवा बाढीपछि खोज तथा उद्धार तीव्र, विभिन्न जिल्लामा १६२ शव फेला



ट्रेन्डिङ
खबरमुकाम






