कात्तिक नाचको महत्वपूर्ण अंशमध्येको एक वराह अवतार हिजो द्वादशीका दिन प्रस्तुत गरिएकाे छ । विप्णु अवतारमा आधारित रहेको कात्तिक नाच दश दिनसम्म प्रस्तुत गर्ने गरिन्छ ।
वराह अवतार अन्तर्गत स्वर्गलोकका राजा इन्द्रले यज्ञ गरिरहँदा हिरण्याक्ष दैत्यले विष्णुको नाममा गरेको यज्ञ भङ्ग गर्न आउने कथामा आधारित छ । यज्ञ भङ्ग भएपछि विष्णुले वराह अवतार लि हिरण्याक्ष दैत्यसँग युद्ध गर्छ । आफूहरूले हार्दै जाँदा हिरण्याक्षसहित उनका दैत्यगण भाग्छन् ।
यो अवतारअन्तर्गत आफूसँग भएको शक्ति प्रदर्शनको गलत प्रयोग गर्दा भाग्नुपर्ने अवस्थालाई दर्शाइएकाे छ । तसर्थ त्यसो नगर्न भन्ने सन्देश दिन खोजेको भन्ने मान्यता रहेकाे छ । प्रत्येक वर्ष ललितपुर दरबार क्षेत्रमा हुने कात्तिक नाचको वराह अवतारमा कृष्ण र इन्द्रको प्रस्तुति हुने गर्छ ।
नेपाल संवत् ७६१ अर्थात् विक्रम संवत् १८७९ सालमा ललितपुरका राजा सिद्धिनरसिंहले मल्ल सुरु गर्नुभएकाे यो नाचभन्दा लामो साङ्गीतिक भाव भएको नाच भएको मानिन्छ । देशमा विघ्नबाधा नहोस् र शान्ति सुव्यवस्था कायम रहोस् भन्ने हेतुले जनतालाई एउटै सूत्रमा बाँधेर एक ठाउँमा ल्याइ मनोरञ्जनका साथ धार्मिक, नैतिक, सामाजिक र राजनैतिक ज्ञान दिने उद्देश्यले यो नाच सुरु गरिएको मानिन्छ ।
दश दिनसम्म प्रस्तुत गरिने यो नाचमा पहिलो दिन भक्त सुरदास प्याखँ त्यसैगरी क्रमशः बाथस् प्याखँ, युद्ध कला, देवी प्याखँ, महामुख, च्वले खुदाँ दाँ खुदाँकौला खिचा, जल शयन, वराह अवतार, नरसिहं अवतार र वस्त्रहरण लीला प्रस्तुत गरिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- कांग्रेसको आधिकारिकता विवाद फेरि सर्वोच्चमा, महाधिवेशन रोक्न देउवा र खड्काको रिट
- गरिमा चौधरी हत्या प्रकरणमा किशोरको बयानको भिडियो सार्वजनिक गर्ने प्रहरी पक्राउ
- लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनको सिफारिस, तीन नयाँ मन्त्री थपिँदै
- कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
- डाटा सेन्टरको विरोध गर्ने समुदायले ठूलो गल्ती गरिरहेका छन् : ट्रम्प
- आर्थिक संकट गहिरिँदै गएपछि इरानमा इन्धनको मूल्य बढाउने तयारी
- आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी
- सन नेपाल लाइफद्वारा मधेश प्रदेशका एडिएम तथा इमर्जिङ सन क्लब अभिकर्तालाई सम्मान



ट्रेन्डिङ
खबरमुकाम







