काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा मौका हेरेर उत्कृष्ट प्रस्तुति दिँदै आएका सर्जक तथा गायक हिरा रनपालले नयाँ गीत सार्वजनिक गरेका छन् । विष्णु भण्डारीको शब्द तथा आफनै लय र स्वर रहेको ‘गुदरी काम्लो’बोलको गीतको भिडियो लिएर उनी फेरि पनि श्रोता तथा दर्शकहरुको माझमा आएका हुन् ।
गीतको अडियोमा उनीसहित दीपिका बयम्बु मगरको स्वर रहेको छ भने पवन परियारको एरेन्ज रहेको गीतको मिक्सिङ र मास्टरिङ खडग बाजुरालीले गरेका छन् ।
‘हिरा रनपाल’ नामक युट्युब च्यानल मार्फत सार्वजनिक भएको भिडियोमा गायक तथा सर्जक हिराको साथमा जुनु एसडीको दमदार अभिनय र नृत्य प्रस्तुत गरिएको छ । त्यस्तै, मनकुमारी रनपाल निर्माताका रुपमा रहेकी छन् भने धनबहादुर तामाङ (सागर)ले निर्देशन गरेको भिडियोमा रेशम दर्लामी मगरको छायाँकन, राजेश कुमारको सम्पादन तथा विवेक सुर्यवंशी रनपाल र विविका सुर्यवंशी रनपालले निर्माण नियन्त्रकको भूमिका निर्वाह गरेका छन् ।
भिडियो हेर्न लिंकमा क्लिक गर्नुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- नाईमा अटो एक्स्पोमा DONGFENG बस सार्वजनिक हुने
- इरानी सर्वोच्च नेता मोज्तबा खामेनीको अवस्था गम्भीर, अस्पताल भर्ना गरिएको दाबी
- भारतमा मल लिन जाँदा पक्राउ परेका सर्लाहीका किसान दाजुभाइ ३८ दिनपछि घर फर्किए
- आजको मौसमः देशभर बदली, केही प्रदेशमा भारी वर्षाको सम्भावना
- एनएमबि सरल बचत फण्ड–इले इकाईधनीलाई आकर्षक प्रतिफल वितरण गर्ने
- नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब खल्तीमा
- स्मार्ट टेलिकम ऋण प्रकरणः इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पाँडेसहित पदाधिकारीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश
- महानगर र उपमहानगरमा ३ करोडभन्दा बढीको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य

ट्रेन्डिङ
खबरमुकाम






